राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ - प्रचण्ड
- काठमाडौँ, ३१ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकतानुसार नै सरकारले केही वर्षअघि पशुपतिनाथमा नेपाली पुजारी राख्ने प्रचलन सुरु गर्न खोजेको बताएका छन् ।
पशुपतिनाथका मूल भट्टमा त्यतिबेला नियुक्त भएका डा विष्णु दाहालले लेखेको ‘पशुपतिनाथमा सात दिन’ नामक पुस्तकको आज काठमाडाैंमा विमोचन गर्दै प्रधानमन्त्रीले भने–“मैले त्यतिखेर गरेको निर्णय गलत थिएन भन्नेमा म विश्वस्त छु । कला पुगेन होला, त्यसमा भने म सहमत छु । तर निर्णय नै गलत थियो भन्नेमा म छैन । ’’
प्रधानमन्त्रीले पशुपति, राष्ट्रपति सेनापतिलगायत प्रकरणमा नेपाली जनताको भावना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको उल्लेख गर्दै केही कार्यशैलीगत कमजोरीका कारण निष्कर्षमा पुग्न नसकेको स्विकार गरे ।
‘‘नेपाली जनताको भावना के छ, नेपाल राष्ट्रको आवश्यकता के हो भनेर नै मैले पशुपतिमा के सुधार गर्न आवश्यक छ, सेनापतिमा के सुधार गर्न आवश्यक छ, राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै द्विविधा थिएन । अहिले पनि छैन । खालि शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले त्यतिबेला जानिन होला । तर जे मिसन थियो राष्ट्र र जनताको मिसनभन्दा बाहिर थिएन ।’’ प्रधानमन्त्रीले भने
सात दिन मूल पूजारीका रुपमा कार्यसम्पादन गरेका डा दाहालले सो अवधिकाे समग्र भाेगार्इलाई समेटेर पुस्तक लेखेका हुन् ।
प्रतिकृया दिनुहोस्
Loading...