पुनर्वासको बिचफाँटा देखि बेलौरिको बैशाखीसम्म सिमासर्वे हुने
- हेमन्त न्यौपाने, पुनर्वास ।
कञ्चनपुर पुनर्वासको नेपाल भारत सिमा विवाद हल गर्न नेपालको तर्फबाट सिमा सर्वे गर्ने टोलि शुक्रबार पुनर्वास पुगेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा बर्षौंदेखी सिमा अतिक्रमण भएता पनि गोविन्द बजार (आनन्द बजार) मा नेपाली भुमि माथि भारतीयको ठाडो हस्तक्षेप भएपछि निम्तिएको विवादले सहिद गोविन्द गौतमको हत्या भएकाे थियाे ।
घटना भएको एक महिना पछी चैत २५ गते नेपाल भारत सिमा सर्वेटोलि पुनर्वास पुगेको छ । चैत २४ गते जिल्ला प्रशासन कार्यालयमा विभिन्न पार्टीका नेताहरु संग अन्तरकृया गरेपछि प्रमुख नापी अधिकृत निर्मल आचार्य सहितको तीन सदस्यीय सिमा सर्वेटोलि शुक्रबार पुनर्वास पुगेको हो ।
टोलिले पुनर्वास नगरपालिकाको बिचफाँटा देखि बेलौरी नगरपालिकाको बैशाखीसम्म नापी गर्ने जिम्मा पाएको आचार्यले बताएका छन ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा गरिएको अन्तरक्रिया कार्यक्रममा पुनर्वासका अग्रज बुद्धिजीवी, पुनर्वासको सिमा बारे पाका तथा ज्ञाता, स्थानीय विभिन्न पार्टीका नेता, तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अधिकाँसले भारतले विभिन्न कालखण्डमा मिचिएको नेपाली भुमि नेपालमा नै फिर्ता हुनुपर्ने बताएका थिए ।
प्रमुख नापी अधिकृत आचार्यले स्ट्रीप नक्साका आधारमा नेपाल भारत सिमा छुट्टाईने बताएका छन् । उनले भारतले गायब गरेको भएपनी हराएको सिमा स्तम्भहरु सजिलै पत्ता लाग्ने बताए ।
२०७३ चैत्र २५ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...