सार्वजनिक बसभित्रै किशोरी बलात्कार गर्ने चालक पक्राउ
- काठमाडाैं, २५ चैत्र ।
ललितपुर । सार्वजनिक बसभित्रै किशोरी बलात्कार गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको बालकुमारीमा १४ वर्षीया रिता थापा (नाम परिवर्तन) लाई बा.१ ख ६९६६ नम्बर बसका चालक सागर परियाले बलात्कार गरेका थिए ।
एक साताअघि साथीकोमा जान बालकुमारी चोकमा गाडी कुरेको समयमा उक्त बसका चालकले पुर्याइदिने भन्दै बसमा राखे । त्यतिबेला साँझको ८ बजेको थियो । चालक परियारले बालकुमारी चोकको एक होटलमा खान खाएर रितालाई पुर्याइदिने अाश्वासन दिए । तर, खाना खाइसकेपछि चोकमा पार्किङ गरिरहेको बसभित्र रितालाई बलात्कार गरे ।
रिता चिच्याएपछि स्थानीयले हल्ला गरेपछि भागेका सागरलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) ईश्वर कार्किले बताए । एक हप्ताको प्रयासपछि बलात्कारी ३० बर्षिया सागरलाई पक्राउ गर्न सफल भएको डिएसपी कार्कीले जानकारी दिए ।
सागरले चलाउँदै आएको बस नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ललितपुरको लगनखेल बस्दै आएका सागरको स्थायी घर सिन्धुपाल्चोक सानो सिरुवारी हो ।
प्रतिकृया दिनुहोस्
Loading...