संस्कृति राजनीतिक सत्ताकाे महत्वपूर्ण अस्त्र - नेता तिमिल्सिना


राजिव चन्द ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य आरपी तिमिल्सिनाले संस्कृति राजनीतिक सत्ताकाे महत्वपूर्ण अस्त्र भएको बताएका छन् ।

पार्टीको नबगठित सिक्षा साहित्य तथा संस्कृति बिभागले अाइतबार कञ्चनपुरबाट सुरू गरेकाे कविता वाचन अभियानकाे उद्घाटन गर्दै नेता तिमिल्सिनाले यस्ताे बताएका हुन् ।

कार्यक्रममा बाेल्दै उनले सबै प्रगतिशिल राष्ट्रवादी स्रष्टाहरूलार्इ दलाल संदिय सत्ताका विरूद्धमा एकजुट हुन समेत अाह्वान गरे । 'जसरि नेपाल कम्युनिष्ट पार्टीले एकिकृत जनक्रान्तिमार्फत देशलार्इ मुक्त गर्ने जुन अभियान थालेकाे छ । प्रगतिशिल लेखक तथा अन्य राष्ट्रवादी शक्तिहरू अाउनुहाेस् यसमा सहभागि बनेर अा-अाफ्ना रचनामार्फत दलाल संदिय सत्ताकाे भण्डाफाेर गराैं ।' बिभागका प्रमुख समेत रहेका नेता तिमिल्सिनाले भने ।


कार्यक्रमका अथिति तथा महाकाली साहित्य संगमका सस्थापक अध्यक्ष बिर बहादुर चन्द, बर्तमान अध्यक्ष हरिश जोशी, सुप विश्व विद्यालयका प्राध्यापक खगेन्द्र जोशी लगाएत कञ्चनपुरका २० श्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए । भने ६० बढि स्रष्टाहरूकाे उपस्थिति रहेकाे थियाे ।


रचनाहरुमाथि प्रगतिशील जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव खेम थपलियाले समीक्षा गरेको बताइएको छ । यसैबीच नेता तिमिल्सिनाले प्रगतिशिल लेखक संघ बैतडिका अध्यक्ष करन दयालकाे 'आँखा सामु' गजल संग्रह पनि विमोचन गरेका छन् ।

२०७३ चैत्र २० गते प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...