नुवाकोटको सिन्दूरे जात्रामा धामीले गरे नयाँ वर्षको गोप्य भविष्यवाणी

  • नुवाकोट, ३१ चैत । 

वैशाख पूर्णिमा जात्राको विशेष दिन आज नुवाकोटमा ऐतिहासिक सिन्दूरे जात्रा मनाइँदै छ । 

जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको सबै तयारी पूरा भएको छ । 

मङ्गलबार मध्यरात देवीघाट पुगेका धामीले करिब २४ घन्टाको बसाइमा विभिन्न जिउँदो पशु÷चौपायाको भोग खाएर नयाँ वर्षको गोप्य भविष्यवाणी गरेका छन् । उनले गरेको भविष्यवाणी हुलाकमार्फत राष्ट्रपतिसमक्ष पठाइएको छ । 

दुई दिनसम्म देवीघाटस्थित जालपादेवी मन्दिरमा विराजमान गराएपछि भगवान्स्वरुप रहेका धामीधमिनी अहिले नुवाकोटको धरमपानी पुगेका छन् । गएको मध्यरात देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गरेका थिए । धामीधमिनीसहित देवीघाटको जालपादेवी मन्दिरमा लगिएको भैरवी देवीको मुकुटलगायतको भगवान् बिहान ४ बजे धरमपानीमा पु¥याइएको हो । 

धामीधमिनी र रथको पूजाआजासहित अपराह्न भैरवीदेवी मन्दिरमा फर्किएर सिन्दूर खेलेपछि ऐतिहासिक सिन्दूरे जात्राको विशेष रौनक छाउन सुरु हुने धार्मिक एवम् वैदिक विधि रहेको नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए । 

द्वारे महेन्द्रकुमार शाहीका अनुसार भगवान् भैरवीदेवी मन्दिरको प्रतीकात्मक रुपमा धामीधमिनीले विभिन्न गुठी राख्ने तथा दोहोरो कुरा गर्ने प्रचलन पहिलेदेखि नै सुरु भएको हो र यसलाई निरन्तरता दिइएको छ । 

सिन्दूरे जात्राको मुख्य आकर्षण धामीले भोग खाएको हेर्न, सिन्दूर खेल्न धामीधमिनी, भैरवीदेवी र जालपादेवी मन्दिरको दर्शन गर्न नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौँलगायत मुलुकका विभिन्न जिल्लाका हजाराैं भक्तजन यहाँ आएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...