आर्सनल इंग्लिस प्रिमियर लिगको छैटौं स्थानमा उक्लियो
आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कायम राखेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा लेस्टर सिटीलाई १–० ले हराउँदै छैटौं स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आर्सनलले साबिक विजेता लेस्टर सिटीलाई १–० ले हरायो ।

आर्सनलको जितमा ८६ औं मिनेटमा लेस्टरका रोबर्ट हुथले गरेको आत्मघाती गोल निर्णायक बन्यो । एलेक्स सान्चेजले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए ।

तर गोल भने गर्न सकेनन् । जितपछि ३२ खेलबाट ६० अंकसहित आर्सनल छैटौं स्थानमा उक्लिएको छ ।
आर्सनल पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा तीन अंकले पछि छ ।

१५ औं स्थानको लेस्टरको ३३ खेलबाट ३७ अंक छ । राति नै भएको अर्को खेलमा मिडल्सबर्गले सन्डरल्याण्डलाई १–० ले हरायो ।
प्रतिकृया दिनुहोस्