घरेलु मैदानमा हार्यो वायन म्युनिख, रियल मड्रिड २ गोलले विजयी
- काठमाडौं, ३१ चैत ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले वायन म्युनिखलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
वायनको घरेलु मैदानमा मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले खेलको ४७ औँ र ७७ औँ मिनेटमा गोल गरेपछि जीत सुशिश्चित भएकाे हाे ।
वायनविरुद्ध दुई गोल गरेसँगै रोनाल्डो युएफा क्लब प्रतिस्पर्धामा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले १ सय ४३ खेलमा सय गोल गरेका हुन् । उनीपछि १ सय १८ खेल खेलेका लियोनल मेस्सीको ९७ गोल रहेको छ ।
खेलमा २५ औँ मिनेटमा भिडालको गोलमार्फत अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा वायन पराजित भयो । च्याम्पियन्स लिग क्वाटरफाइनल अन्तर्गत नै बुधबार राति भएका अन्य खेलमा एथलेटिको मड्रिडले लेष्टर सिटिलाई र त्यसैगरि मोनाकोले बोरुसिया डर्टमुण्डलाई पाखा लगाएकाे छ ।
प्रतिकृया दिनुहोस्
Loading...