सिरियामा रासायनिक हतियार प्रयोग भएको पुष्टि
- सिरिया, ७ वैशाख ।
सिरियामा दुई हप्ताअघि भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको रासायनिक हतियार प्रयोग भएको अध्ययनले देखाएको छ ।
अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स (ओपिसिडब्लु)ले ८७ जना मारिने गरी भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको अर्को कुनै रासायनिक हतियार प्रयोग भएको प्रमाण भेटिएको जनाएको हो ।
आक्रमणमा परेका १० जनाबाट लिइएको नमूना विभिन्न चारवटा प्रयोगशालामा परीक्षण गरिएको हो । परीक्षणबाट रासायनिक हतियार प्रयोग भएको देखिएको ओपिसिडब्लुले जनाएको छ ।
राष्ट्रपति बशर अल असद सत्ताको विरोध गरिरहेकाहरुमाथि सिरियाली सेनाले रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको छ । तर सरकारले भने आरोप अस्वीकार गर्दै आएको छ ।
रासायनिक आक्रमणपछि अमेरिकाले सिरियाली सेनाको हवाई अड्डालाई लक्षित गरी मिसाइल आक्रमण नै गरेको थियो । (एजेन्सी)
प्रतिकृया दिनुहोस्
Loading...