काँग्रेस कार्यकर्ताद्वारा तेक्वान्दो खेलाडी तामाङ्गमाथि सांघातिक हमला, अवस्था गम्भीर
तेक्वान्दो खेलाडी सुबास तामाङ्गमाथी काँग्रेस कार्यकर्ताकाे एक जत्थाले सांघातिक हमला गरेको छ । बुधवार अपरान्ह ४ बजेतिर काठमाडौँको थानकोटस्थित त्रिभुवन पार्कमा खेलाडी तामाङ्गमाथि आक्रमण भएको हो ।
हमलाबाट तामाङ्गको टाउकोमा गम्भीर चोट लागेको छ ।उनकाे बिर अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।
तामाङ्ग नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ काठमाडौँका जिल्ला सदस्य हुन ।
यसैबीच गणतान्त्रिक खेलकुद महासंघ काठमाडौँका अध्यक्ष पुरु बुढाथोकीले आक्रमण ज्यान मार्ने उदेश्यले नै भएकाे तर कसले किन गर्याे भन्ने विषयमा अनुसन्धान भइरहेकाे इमान्दार मिडियालार्इ बताएका छन् ।
'कसले किन हमला गर्याे हामी अनुसन्धानमै छाैं, खाेजेर कारवाही गर्छाैं ।' बुढाथोकीले इमान्दार मिडियासँग भने ।
यता तामाङमाथि नेपाली काँग्रेसका कार्यकर्ताले हमला गरेकाे नेकपा उच्च स्राेतले बताएकाे छ । इमान्दार मिडियालार्इ स्राेतले दिएकाे जानकारी अनुसार राजनीतिक रिसिवीका कारण काग्रेँसका कार्यकर्ताहरूकाे एक जत्थाले अाक्रमण गरेकाे हाे ।
घाइते अवस्थामा रहेका तामाङले अाफुलार्इ काँग्रेसका कार्यकर्ताले अाक्रमण गरेकाे बताएकाे स्राेतकाे दाबी छ । पार्कमा बसिरहेका तामाङमाथि एकाएक कुटपिट गरेर उनिहरू भागेकाे बताइएकाे छ । अाक्रमणकारीहरूकाे खाेजीकार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७३ चैत्र २३ गते प्रकाशित ।

प्रतिकृया दिनुहोस्
Loading...