प्रचण्ड सत्र हजार नेपालीका हत्यार हुन्, पक्रेर जेल हाल्नुपर्छ - नेता ओली (भिडियोसहित)
- काठमाडाैं, इमान्दार मिडिया संवाददाता।
नेपाल कम्युनिष्ट पार्टीका स्थाई समिति सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन' प्रचण्ड १७ हजार नेपालीको हत्या गर्ने हत्यारा भएको भन्दै उनलाई प्रधानमन्त्रीको पद दिनुको साटो जेल हाल्नु पर्ने बताएका छान् ।
‘जनयुद्धकालमा स्थानीय चुनावका उम्मेदवार अपहरण गरेर ल्याउन निर्देशन दिने प्रचण्ड चुनावको नाममा गाउँगाउँसम्म दलाल खडा गर्न लागिपरेका छन् । यसलाई जनताले प्रतिवाद गरेर रोक्नुको विकल्प छैन’ नेता सुदर्शनले भने । ‘प्रचण्ड सत्र हजार नेपालीको हत्या गर्ने अपराधी हुन् । प्रधानमन्त्रीको कुर्सीमा होइन पक्रेर जेल हाल्नुपर्छ’ उनले भने ।
स्थानीय चुनावको खारेजीको माग राख्दै एकीकृत जनजागरण तथा प्रतिरोध कार्यक्रम जारी राखेको नेकपाले मंगलबार राजधानीमा विरोध प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले यस्तो बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय चुनाव खारेजीको पोस्टर च्यात्नेहरुलाई नछाड्ने चेतावनी दिएको छ । स्थानीय चुनावको खारेजीको माग राख्दै एकीकृत जनजागरण तथा प्रतिरोध कार्यक्रम जारी राखेको नेकपाले मंगलबार राजधानीमा विरोध प्रदर्शनपछि आयोजित सभामा सो चेतावनी दिएको हो ।
साथै चुनाव खोरेजीको प्रचारप्रसार र वाल पेन्टिङमा अवरोध गरे परिणाम राम्रो नहुने भन्दै शान्तिपूर्ण कार्यक्रमलाई पनि निरन्तरता दिने बताएको छ ।
पोस्टरिङ र वाल पेन्टिङका क्रममा नेकपाका दर्जनौं नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गगरी दुःख दिएको र झुठा मुद्दामा फसाउने कोशिस गरिरहेको भन्दै सो हर्कत तत्काल रोक्न माग गरे । नरोकिए उत्पन्न परिणामको जिम्मेवार सरकार हुनुपर्ने बताए । चुनाव खोरेजीको प्रचारप्रसार र वाल पेन्टिङमा अवरोध गरे परिणाम राम्रो नहुने भन्दै शान्तिपूर्ण कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।
सरकारले नेकपाद्वारा सुर्खेत, बुटवल, कञ्चनपुर, चितवन, झापालगायत स्थान आयोजित कार्य पूर्वघोषित जनसभामा प्रहरी लगाएर हस्तक्षेप गरेकोमा नेता बुढा आक्रोश व्यक्त गरे । गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै रिहा नगरिए गाउँगाउँबाट उम्मेदवारलाई जनसत्ताले नियन्त्रणमा लिने चेतावनी दिए ।
हिजो मात्र युवा नेता सुरेश लामालाई ललितपुर प्रहरीले पक्राउ गरी झुठा मुद्दा लगाउने प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाए । अहिलेसम्म लामालाई कसैसँग भेट गर्न नदिएको परिवारले जनाएको छ । लामाको अवस्थाबारे बुझ्न मानवअधिकार, संचारकर्मीसँग माग गरे ।
हेर्नुहोस् भिडीयो
प्रतिकृया दिनुहोस्
Loading...