रुस र सिरियाको सम्बन्धबारे ठूला राष्ट्रका नेताहरुको यस्तो सल्लाह
- काठमाडौं, २९ चैत ।
विश्वका शक्तिसम्पन्न सात ठूला राष्ट्रका नेताहरुले रुसलाई सिरियासँग दूरी बनाइराख्न सल्लाह दिएका छन् ।
सिरियाली शासक बशर अल असदले रासायनिक हतियार प्रयोग गरी आफ्नै देशका नागरिकको हत्या गरेको भन्ने विवाद बढेका बेला बसेको जी सेभेनमा आवद्ध राष्ट्रका नेताहरुले रुसलाई असदसँग नटाँसिन सल्लाह दिएका हुन् ।
गत हप्ता रासायनिक आक्रमणबाट आम सर्वसाधारण मारिएपछि सिरियाली युद्धबारे धारणा बनाउन इटलीमा जी सेभेन राष्ट्रका विदेश मन्त्रीहरुले छलफल गरेका हुन् ।
ब्रिटेनका विदेश मन्त्री बोरिस जोनसनका अनुसार रुसी सेनामाथि प्रतिबन्ध लगाउनेबारे पनि छलफल हुन सक्नेछ ।
रासायनिक आक्रमण प्रकरणपछि अमेरिकाले सिरियामाथि मिसाइल प्रहार गरेको थियो भने अमेरिकी आक्रमण पछि समर्थन र विरोधमा विश्व दुई ध्रुवमा बाँडिएको छ ।
यसै विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र ब्रिटेनकी प्रधानमन्त्री टेरीजा मे बीच पनि कुराकानी भएको छ ।
दुबै नेताले रुसलाई असदसँगको सम्बन्धमा पुनरावलोकन गर्न आग्रह गरेका छन् ।
यसैबीच सिरिया संकटकै बारेमा छलफल गर्न जी सेभेनको वैठकपछि अमेरिकी विदेश मन्त्री रेक्स टिलरसन रुस जाँदै छन् ।
जी सेभेनमा अमेरिका, ब्रिटेन, क्यानडा, जापान, फ्रान्स, जर्मन र इटली संलग्न छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस्
Loading...