दोस्रो चरणको निर्वाचन १ हप्ता सर्यो
- काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको मिति तय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।
“खासगरी मुस्लिम समुदायको पवित्र रमजान चाडलाई ध्यानमा राख्दै असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने भनिएको छ, त्यो प्रस्तावलाई छलफलका लागि व्यवस्थापिका–संसद्मा लगिँदैछ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भने ।
त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७४÷७५ को आयव्यय विवरण (बजेट)लाई पनि पारित गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...