एमाले महासचिव पोखरेलले भने - पुनः मतदान हुँदैन, मतगणना सुरु गर
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhGitPl2hdcnyJiOr54F10aFKCe-5kQElzlPsCa5ZxzLYapEiu_iZzWT4yDD5nPrjphSTBhlsHBop0S9GnF_CixFG34MAP7vWexMOsm1Xg6BoJbHynBrr1Bu91ssKQx2dN2iJJ9L4_u1cE/s320/ishor-pokherel.jpg)
चितवन ।
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताएका छन् ।
सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ ।
प्रेस चौतारी चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताएक हुन् ।
सो विषयमा निर्वाचन आयोगले विवेकशील निर्णय गर्ने विश्वास व्यक्त गर्दै पोखरेलले निर्वाचन प्रक्रियामा असर नपर्ने गरी मतगणना गर्नुपर्ने बताए । उन मतपत्र च्यात्नेलाई कानुनी प्रक्रियामा ल्याउँदै मतगणना सुरु गर्नुपर्नेमा जोड दिए ।
भरतपुरमा घटाइएको घटना निन्दनीय रहेको भन्दा उनले यस्ता घटनामा संलग्न हुने, निर्देशन दिने सबैलाई कारबाही गर्नुपर्ने माग गरे ।
प्रतिकृया दिनुहोस्
Loading...