केपी ओलीले आफ्नै निवासमा बोलाए एमालेको आकस्मिक बैठक
- काठमाडौं।
एमालेका अध्यक्ष केपी ओलीले स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् ।
वैठक भक्तपुरको बालकोटस्थित ओली निवासमा अपरान्ह चार बजे बस्ने एमालेले जनाएको छ ।
संसदको गतिरोध, सरकारको नीति तथा कार्यक्रम र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा स्थायी समितिमा छलफल हुनेछ ।
प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको आरोप लागिरहेका बेला एमालेका अध्यक्ष ओली स्थायी समितिको आकस्मिक बैठक बोलाएका हुन् ।
प्रतिकृया दिनुहोस्
Loading...