भरतपुर अपडेट :रेणुले प्रगति गर्दै (यस्तो छ पछिल्लो अवस्था)
- काठमाडौं ।
भरतपुर महानगरपालिकामा मेयर भिडन्त रोमाञ्चक मोडमा पुगेको छ।
अहिलेसम्म एक हजार १ सय ४५ मतले मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देवि ज्ञवाली काग्रेस माअेवादी गठबन्धनकी माओवादी उम्मेद्वार रेणु दाहालभन्दा अगाडि छन्।
वडा नम्बर १८ मा वडाध्यक्ष कांग्रेसले जितेको हो। कांग्रेसले जितेसँगै रेणुले ज्ञवालीसँगको मतान्तर घटाइन्। हालसम्म मेयरमा एमालेका उम्मेद्वार देवि ज्ञवालीको मत संख्या ३९ हजार ७५० पुगेको छ। गठबन्दनकी उम्मेद्वार रेणु दाहाललाई ३८ हजार ६०५ मत आएको छ ।
अब गन्न बाँकी रहेका वडाहरुमा १९, २०, र २१ वडाहरु हुन् भने २६ वटा वडाको मत गणना सकिएको छ । कुल एक लाख १२ हजार ७४१ मत खसेको भरतपुरमा अब करिब ११ हजार मात्रै गन्न बाँकी छ। अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बर वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्ष पदमा विजयी भएका छन् ।
नेपाली काँग्रेसका उम्मेद्वारहरु १, ३, ६, ८, १४, १५, १७,१८ र २७ नम्बर गरेर कुल ९ वटा वडामा वडाध्यक्षमा विजयी भएका छन् । माओवादीका उम्मेद्वारहरु १३, २५ र २६ नम्बर गरेर तीन वटा वडामा वडाध्यक्षमा विजयी भएका छन्।
प्रतिकृया दिनुहोस्
Loading...