भरतपुर ताजा अपडेट : प्रचण्डपुत्री रेणु भारी मतअन्तरले पछि !

- भरतपुर ।
भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ । देवीलाई माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फराकिलो मत अन्तरबाट पछ्याइ रहेकी छन् ।
अनौपचारिक रुपमा प्राप्त पछिल्लो मत परिणाम अनुसार देवी ज्ञवाली २६४० मत पाएका छन् । रेणु दाहालले १७५१ मत पाएकी छन् ।
रेणु दाहाललाई जिताउन प्रधानमन्त्री एव पिता प्रचण्ड स्वयं चितवनको भरतपुर पुगेका थिए । यता नेपाली कांग्रेसले चितवनमा अन्तर्घात गरेको भन्दै काँग्रेस - माओवादीबीच खटपट समेत सुरु भएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...