प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीलाई भने - महाअभियोगले स्थानीय चुनावमा कुनै असर पार्दैन
- काठमाडौँ, १८ बैसाख।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश शुसिला कार्कीमाथिको महाअभियोगले स्थानीय चुनाबलाई कुनै असर नपर्ने बताएका छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार भएको भेटवार्तामा भण्डारी र प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा राखेको जिज्ञासाको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले घोषित वैशाख ३१ गतेको निर्वाचन समयमै हुने बताए ।
राष्ट्रपतिले प्रधानन्यायाधीशका सम्बन्धमा राखेमा प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्भित्रको लोकतान्त्रिक विषय भएको स्पष्ट गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...