पोर्चुगलका फुटबलरले घुँडाले हानेर रेफ्रिको नाकै भाँचिदिएपछि (भिडीयोसहित)
पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ ।
एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको अनुहारमा हिर्काएपछि रेफ्रि जोसे रोड्रिग्वेजले रातो कार्ड देखाएका थिए ।
त्यसपछि मार्को रेफ्रि जोसोको अनुहारमा घुँडाले हानेका हुन् । यसले गर्दा रेफ्रि जोसेको नाक भाँचिएको थियो । रेफ्रिलाई हिर्काएपछि उनलाई प्रहरीले मैदानबाट लगेको थियो ।
रेफ्रिलाई हिर्काएकोमा चार वर्ष तथा अपमान गरेकोमा दुई महिना र विपक्षी खेलाडीलाई हिर्काएकोमा तीन महिना गरी उनीमाथि चार वर्ष पाँच महिनाको प्रतिबन्ध लागेको समाचार संस्था एएफपीले जनाएको छ ।
२०७४ बैसाख २० मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...