एकै जिल्ला पाँचसयभन्दा बढी शिक्षक र कर्मचारी खटिए
- म्याग्दी ।
आइतबार हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका सबै मतदान केन्द्रमा बुधबारदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् ।
प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी, दुईजना स्वयम्सेवकका साथै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ५१० जना निजामती कर्मचारी र शिक्षक मतदान गराउनका लागि खटिएका छन् ।
निर्वाचनसम्बन्धी सबै किसिमका सामग्रीसहित केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनको तयारी गरेका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए। उनका अनुसार बिहीबारदेखि मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम छ ।
एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी र दुईजना स्वयम्सेवक परिचालन गरेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन विशेष सुरक्षा योजना लागू गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेराको सुरक्षामा नेपाली सेना परिचालन हुने भएको छ । मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताए। म्यादी प्रहरीले लाइन र भीड व्यवस्थापनको काम गर्ने भएका छन् ।
तर नेपाल कम्युनिष्ट पार्टीको चुनाव खारेजी अभियानका कारण स्थनीय चुनाव हुने नहुने भन्नेबारे भने सरकार आफै अन्यौलमा छ ।
प्रतिकृया दिनुहोस्
Loading...