स्वास्थ्य मन्त्री गगन थापाका मामा कांग्रेस छाडेर एमालेको उम्मेदवार बनेपछि
- काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा स्वास्थ्य मन्त्री गगन थापाका कान्छा मामा दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका छन् ।
गगन थापाका कान्छा मामा मोहनकृष्ण बस्नेत कांग्रेस परित्याग गरेर एमालेबाट दूधकौशिका गाउँपालिका वडा नम्बर २ को वडा सदस्य उम्मेदवार बनेका हुन् ।
शुक्रबार आयोजित उम्मेदारी घोषणा कार्यक्रमबाटै बस्नेतले आफू एमाले प्रवेशको घोषणा गरे । निजामति सेवाबाट अवकाशप्राप्त ६५ बर्सिय बस्नेतले कांग्रेसका पछिल्ला गतिबिधि र सभापति शेरवहादुर देउवाको शैली चित्त नबुझेर एमाले प्रवेश गरेको बताए ।
उनले एमाले प्रवेश गर्नुअघि बुबासँग सल्लाह गरेको बताए । उनका बुबा अर्थात स्वास्थ्यमन्त्री गगन थापाका हजुरबुबा गणेशवहादुर बस्नेत कांग्रेसका पूराना नेता हुन् ।
पूर्व सीडीओ समेत रहेका बस्नेत २०४९ र २०५४ को स्थानीय चुनावमा साबिक काँगेल गाविसमा कांग्रेसबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।परिवारका सबै सदस्य कांग्रेस भए पनि अहिले कांग्रेसको नीतिहीनताबाट निराशा छाएर बसेको उनले बताए ।
उनले एमाले प्रवेशबारे भान्जा गगनसँग भने कुरा नभएको पनि जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...