मध्यपुर ठिमी १ र २ मा काँग्रेस विजयी

- भक्तपुर ।
मध्यपुरथिमि नगरपालिका वडा नं २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राम थापामगरको टोली विजयी भएको छ ।
थापामगरले ८३२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमराज गौतमले ६७० मत ल्याए ।
त्यसैगरी, महिला सदस्यमा एमालेका उम्मेदवार सकुन्तला श्रेष्ठ विजयी भएकी छिन भने दलित महिला सदस्यतर्फ एमाले कै अम्बिका रजक निर्विरोध भएकी छिन । सदस्यमा नेपाली काँग्रेसका प्रल्हाद कार्की र विदुर भट्टराई विजयी भएका छन् ।
यसअघि मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको थियो भने महिला सदस्यमा विजयालक्ष्मी द्धारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी भएका थिए ।
यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापतिको प्यानल अग्रस्थानमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...