भक्तपुर - एमाले मेयरका उम्मेदवार श्रेष्ठको आँगनमा सकेट बम भेटियो

नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ ।
आज बिहान ५ बजे कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अवस्थामा गठ्ठाघरस्थित श्रेष्ठको घर अगाडि भेटिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय(डिस्पोज) गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन ।
उक्त सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय(डिस्पोज) गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस्
Loading...