पोखरा लेखनाथ महानगरको मतगणना फेरि रोकियो, सर्वदलीय बैठक बसेर सहमति खोजिने

  • पोखरा।
पोखराको लेखनाथ महानगरपालिकामा मतगणना फेरि रोकिएको छ। २४ घन्टापछि निर्वाचन कार्यालयले मतगणना सुरु गर्न खोजे पनि नेपाली कांग्रेस र माओवादी केन्द्र सहभागी नभएपछि स्थगित भएको हो। 

१७ नम्बर वडाका मतपत्रमा फरक-फरक स्वस्तिक छाप भेटीएपछि काँग्रेस माओवादी र राप्रपाले मतगणना बहिष्कार गरेका थिए । 

यसको चित्तबुझ्दो जवाफ नआएसम्म आफुहरु मतगणनामा सहभागी नहुने उनीहरुको अडान छ। निर्वाचन आयोगले साँझ मतगणना नरोक्न आग्रह गर्दै पत्र काटेपछि निर्वाचन कार्यालय कास्कीले मतगणना सुरु गर्न लागेको थियो। तर सभासद यज्ञबहादुर थापासहितका केही नेता धर्नामा बसेपछि राति १ बजे स्थगित भएको हो। 

मतगणना क्रममा वडा नम्बर १७ मा फर्जी मत भेटिएको भन्दै कांग्रेस समर्थित प्रतिनिधिले मतगणनास्थल छाडेर हिँडेका थिए। 

सूर्यमा छाप लगाइएका केही मतपत्रमा साबिकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको भन्दै नेपाली कांग्रेससहितका दलका प्रतिनिधि बाहिरिएका थिए।

स्वस्तिक छाप प्राविधिक विषय भएकाले हुबहु एउटै आकारको नहुन सक्ने आयोगले जनाएको छ। यस्तै सोमबार सर्वदलीय बैठक बसेर मतगणना गर्ने विषयमा सहमती खोजी अघि बबढ्ने बताइएको छ।

२०७४ जेठ ८ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...