महाशय ! के स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो ?
“झोला”
हजारौं स्पर्मको म्याराथन जितेर
ओभम छेडेपछी
सुरु भएको हो
तिम्रो बहादुरीको यात्रा !
ओभम छेडेपछी
सुरु भएको हो
तिम्रो बहादुरीको यात्रा !
तिम्रै नामको लालपुर्जाले मात्रै
नापिन्छ
मेरो पाठेघरको उचाई !
नापिन्छ
मेरो पाठेघरको उचाई !
संस्कारका भुत्ते कानहरुले
तिम्रै अधिकारको
हेयरिङ एडबाट मात्रै सुन्छन
मेरो गर्भको धड्कन !
तिम्रै अधिकारको
हेयरिङ एडबाट मात्रै सुन्छन
मेरो गर्भको धड्कन !
तिम्रो स्वामित्वको प्रमाण बिना
काटिएनन
अँह
काटिएकै छैनन
प्रसबका सालनालहरु !
काटिएनन
अँह
काटिएकै छैनन
प्रसबका सालनालहरु !
भर्खरै जन्मेको
नवजात शिशु
कंगारूझैं छातीमा चेपेर
युगाैंदेखी बारबार सोध्दैछु
महाशय !
नवजात शिशु
कंगारूझैं छातीमा चेपेर
युगाैंदेखी बारबार सोध्दैछु
महाशय !
के स्वास्नीमान्छेको पाठेघर
तिम्रो विर्य बोक्ने झोला मात्र हो ???
तिम्रो विर्य बोक्ने झोला मात्र हो ???
-फेसबुक भाइरल बनेको सम्पदा रिजालको कविता ”झोला”
प्रतिकृया दिनुहोस्
Loading...