संघीय गठबन्धनले किन लियो आमहड्ताल फिर्ता ? यस्तो छ रहस्य
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEis3eFi32KE82v_Za0vmiCmq-ySOHw51jxfPXnMKplUMvkwgr_9-yZG1wzxfzfDGoB80WHIceC6U4Y5XMNFthcUGvC7Any84UbD5UFZNa7PM1QNyHVdoGtufN0wG-xm_saJEwI_FzD-Nss/s1600/Madhesi-party.jpg)
- काठमाडौं ।
चुनावको मिति सारिएपछि राजपा नेपालसहितको संघीय गठबन्धनले आमहड्तालसहितको आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिएको छ ।
राजपाका नेता मनिष सुमनका अनुसार सरकारले दोस्रो चरणको स्थानीय चुनावको मिति असार १४ गतेको लागि सारेको र आफूहरुले तय गरेको कार्यक्रममा उम्मेद्वारी दर्तालगायतका निर्वाचन कार्यक्रम पनि परेकाले सर्वसाधारणको असुविधानलाई ध्यानमा राखेर सो समयको आन्दोलनको कार्यक्रम फिर्ता लिइएको बताएका छन् ।
यद्यपी उनले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै निर्वाचन कार्यतालिकालाई प्रभावित पार्ने गरी अर्को आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने बताए । नेता सुमनले पूर्व निर्धारित आज, भोलि र पर्सीका लागि तय गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बताए ।
गठबन्धनको पूर्व निर्धारित कार्यक्रमअनुसार आज मसाल जुलुको कार्यक्रम तय थियो भने भोलि र पर्सि तराई मधेस(थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...