उम्मेदवारी दर्ता गर्न फूलमाला लगाएर गएकी मन्जलीको मतदाता नामावलीमा नामै नभेटिएपछि
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJ5IKT-bc6z5objMY2ZoFW2aoiI_RYvQYvtvZPbIGgUsR1oar6l3ZrFFrQhdys8uWD2xsK6cLDXFJUrtAm1AmDRtOAm39xgKh-3uDorRzjJcXAEKJ7BfnHIt-7rW_o_oh2UmvjHE4764E/s1600/hasinaa.jpg)
- ललितपुर, २० बैसाख।
ललितपुर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार माओवादी केन्द्रले परिवर्तन गरेको छ । उपमेयरमा माओवादीले मन्जली शाक्यलाई अघि सारेको थियो तर उनको नाम मतदाता नामावलीको सूचीमा भेटिएन ।
मन्जलीको नाम सूचीमा नभेटिएपछि माओवादीले हसिना शाक्यलाई उपमेयरको उम्मेदवार बनाएको छ । ललितपुर महानगरपालिकाको मेयरमा भने माओवादीले दिनेश महर्जन ‘दिपेश’ को उम्मेदवारी दर्ता गराएको छ । उनीसँगै मन्जली शाक्य पनि उम्मेदवारी दर्ता गराउन गएकी थिइन् ।
उनीहरु फूलमाला लगाएर निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन गएका थिए । साथमा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालसमेत थिइन् ।
प्रतिकृया दिनुहोस्
Loading...