जानीराखौं यी हुन् महिनावारी गडबड हुने ६ कारण र नियमित बनाउने तरिका
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg6hiFGFKDcS673E2G0n_ygHK07wJnkZgwowqU6-I8M-cO9brejN9npaXnnRGlRB5zMyq_lrlAqcNs2IPNIWbmQXPJ5Xt-70y4jGWpRhz7vcwK5pfBqYf8NnHioh0DWA5AhWMwm5Dfu4GE/s640/stomach-pains-mins.jpg)
- काठमाडौं ।
सामान्यतया महिनादिनमा दोहोरिने मासिक चक्रमा कहिलेकाहीँ गडबडी हुन सक्छ । महिनावारी गडबड हुनुका केही कारण यी हुन्ः
हर्मोनमा असन्तुलन
शरीरमा हुने इन्ड्रोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्छ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।
पोषणको अभाव
शरीरमा न्युट्रिसन पर्याप्त मात्रामा भयो भने मासिक चक्र नियमित हुन्छ । न्युट्रिसनको अभावका कारण महिनावारी गडबड हुने गर्छ ।
अति अथवा कम वजन
शरीरको बोसोमा पाइने कोषिकाले महिलामा एस्ट्रोजेन नामक तत्व सिर्जना गरिदिन्छ, जसले महिनावारीलाई नियमित गर्छ । असाध्यै मोटाउँदा अथवा दुब्लाउँदा यस्तो तत्वको मात्रा शरीरमा घटबढ भई महिनावारी नियमित नहुन सक्छ ।
तनाव
बढी तनाव भयो भने महिलाको शरीरमा कोर्टिसोल र आड्रेनालिनजस्ता हर्मोन उत्सर्जन हुन्छन्, जसले निर्धारित अवधिमा प्रजनन हर्मोनलाई रिलिज हुन दिँदैन र महिनावारी गडबड हुन सक्छ ।महिलाको शरीरमा थाइराइड हर्मोन कम भयो भने महिनावारी रोकिन पनि सक्छ ।
पाठेघरमा समस्या
४० वर्षअघि महिनावारी रोकिएका कतिपय महिलाको पाठेघर काम नलाग्ने भएको पाइने गरेको छ । समयअगावै पाठेघर काम नलाग्ने भयो भने पनि महिनावारी रोकिने गर्छ ।
महिनावारी नियमित गर्न के गर्ने ?
– शरीरको वजनलाई सन्तुलिन राख्ने ।
– तनाव कम लिने अथवा तनाव बिर्सिनेगरी आफूलाई मन पर्ने काममा व्यस्त राख्ने । यसका लागि ध्यान, प्राणायाम, योग आदि गर्ने ।
– नियमित व्यायाम गर्ने ।
– पोषक तत्व पर्याप्त पाइने खानामा जोड गर्ने ।
– समय–समयमा थाइराइड जँचाइराख्ने ।
– डाक्टरको परामर्श लिने ।
प्रतिकृया दिनुहोस्
Loading...