किन गए भारतीय प्रधानमन्त्री मोदी कजाकिस्तान
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjgya7ZP1jbI9lK9Ve9b67UkEe1YWFLoVDQaHNeT0ZKJbTZSs6jd1dW83bVW9ecYqzFvwWxXU0XQxsMGCWyjDLtWKSJxTvNBHd894r0yJKBEiflLMYdJ6tsF_ToM6CANHNF9QQAqBy8L1g/s320/narendra-modi-3-pti.jpg)
कजाकिस्तानको अस्तानमा आयोजना हुन लागेको सांघाई कोअपरेशन अर्गनाइजेसन, एससिओको सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनले आफू त्यसतर्फ प्रस्थान गर्नुअघि जारी गरेको बिज्ञप्तिमा आफू सो सम्मेलनमा सहभागी हुन र त्यहाँ आउनुहुने सबै नेताहरुसँग भेटघाट र अन्तरक्रियाका लागि आतुर रहेको जानकारी दिएका छन् ।
साथै सो सम्मेलनमा आफूले र त्यहाँ सहभागी नेताहरुले गर्ने छलफलले भारतको आर्थिक विकास र आतङ्कवादका विरुद्धमा भारतले जारी राखेको सङ्घर्षमा सहयोग पुग्ने धारणा राखे ।
प्रधानमन्त्री मोदीले सो वक्तव्यमा भनेका छन् – सो सम्मेलनमा सहभागिताले भारतको आर्थिक विकास, अरु देशसँग सडक सञ्जालले जोड्ने कुरामा भारतलाई फाइदा पुग्ने अपेक्षा मैले गरेको छु ।
यस संगठनमा भारत पनि सदस्य छ । उनले यस संगठनको महत्वको बारेमा उल्लेख गर्दै यस संगठनले विश्वको करिब ४० प्रतिशत जनसङ्ख्याका साथै विश्वको अर्थतन्त्रको करिब २० प्रतिशत भाग ओगट्ने बताए ।
प्रतिकृया दिनुहोस्
Loading...