युवतीलाई अपहरणपछि सामुहिक बलात्कार गर्ने चार महोत्तरीबाट पक्राउ, मृत्युदण्ड दिन माग
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFEBMS2cwsUgaMkWyc4spLBb0FEh2Vhj745bDR69SGGu_40pILOijJxz8cpE3ogS0ZkJ7UjC6LxgWn_eWabrh8gzKdrcGOovkI1xcX6NrcGwrfYyH6tqcQjj80m1_bml9Xcnomz-an3qw/s1600/Rapper1.jpg)
- महोत्तरी ।
बाह्र दिनअघि आरोपीहरुले गएको जेठ २८ गते महोत्तरीको औरही बजारमा संचालन गरेको ब्युटी पार्लर बन्द गरेर साइकलमा घर फर्किदै गरेकी २० बर्षीया युवतीलाई साँझ आँपबारी नजिकैको खेतमा लगी सामुहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
औरही गाउँपालिका २ का २० बर्षीय अनिकेत यादव, सुरेश यादव, २१ वर्षीय रमेश पंजियार, २२ वर्षीय सुनिल साहलाई सार्वजनिक गरेको प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पीडित पक्षको जाहेरीका अधारमा प्रहरीले यसअघिनै सुनिल साहमाथि जर्बजस्तीकरणीको मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको छ । चारैजनाले युवतीलाई सामूहिक बलात्कार गरेको स्वीकार गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार मुखमा रुपमाल बाँधेर बाटो ढुकेर बसेका युवा समूहले साइकल चलाउँदै आइरहेको युवतीलाई नियन्त्रणमा लिएर बालात्कार गरेको पत्ता लागेको छ ।
सामुहिक बलत्कारमा संलग्नहरुलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग ब्युटिसियनले गरेका छन् । उनीहरुले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै बिहीबार बर्दिबासमा विरोध प्रदर्शन समेत गरे ।
२०७४ असार ८ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...