कानुनमन्त्री भन्छन् - एमालेले पनि विगतमा मतपत्र च्यातेकै हो, अहिले किन यत्रो हंगामा ?
- भक्तपुर ।
कानूनमन्त्री अजयशंकर नायकले भरतपुर घटनाका बिषयमा निर्वाचन आयोगले गरेको निर्णय नै सबैभन्दा उपयुक्त भएको बताएका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले स्वतन्त्र र अधिकारप्रत्याभुत गरिएको निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताए ।
उनले एमालेले पनि आयोगको निर्णय स्वीकानुपर्ने धारणा तर्क गरेका छन् । विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुन मतदान गरिएका उदाहरण ताजै भएकोले अहिले निर्वाचनमा पनि फेरी मतदान गर्दा एमालेले कुनै शंका गर्न मन्त्री नायकको भनाइ छ । उनले एमालेले गरेको विरोध अर्थहिन भएको दाबी गर्दै मतपत्र च्यातिएको बिषयमा कुनै हंगामा गर्न नहुने बताए ।
'आयोगले निर्णय गरी सकेको भरतपुरको घटनालाई लिएर नयाँ बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र प्रधानमन्त्री चयन प्रक्रिया प्रभावीत बनाउन खोज्नु ठिक होइन ।मन्त्री नयकले भने ।
प्रतिपक्ष दल एमालेले यसरी नै संसद अबरुद्ध गर्ने हो र प्रधानमन्त्री चयनमा ढिलाई हुने हो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन समेत प्रभावित हुने मन्त्री नायकले जिकिर गरे ।
प्रतिकृया दिनुहोस्
Loading...