बम बिष्फोटमा परी १५ जनाको मृत्यु, कैयौं घाइते ..
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi69AgE2eoSL1n1bYtIfD-iVpVnDmwGXtrR5SBkhC9hHtCJJoogsTfR5crViC_0OKNlue9MiQIzX7jy0B2KHI6nUFAE0CshOQ8TgExjw92d_F0qT201jnGsM_BbiPFPfOHMZowNraDELu0/s1600/bispot.jpg)
- एजेन्सी ।
सोमालियामा मङ्गलबार भएको एक कारबम बिष्फोटमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । त्यस्तै कैयौं घाइते भएका सोमालियाली अधिकारीले जनाएका छन् ।
सोमालियाको मोगादिसु नजिकै रहेको वादाजिर जिल्लामा भएको विष्फोटमा घाइते भएका केही व्यक्तिलाई गम्भीर चोट लागेको बताउदै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १५ भएपनि सो सङ्ख्यामा निकै बढ्ने सम्भावना रहेको एक प्रहरी अधिकारीले आफ्नो परिचय नखुलाउने शर्तमा सञ्चारकर्मीसँग बताए ।
सोमालियाली गृहमन्त्रालयका प्रवक्ता अहमद मोहम्मद मोहमुदले विष्फोटमा १५ जनाको मृत्युभएको खवर प्राप्त भएको र घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक स्थितिमा रहेको जनाउदै मृतकको सङ्ख्या थपिन सक्ने बताए । एजेन्सी
प्रतिकृया दिनुहोस्
Loading...