अपडेट : कर्णाली राकम बस दुर्घटनामा ज्यान गुमाउने ८ को सनाखत (नाम, ठेगानासहित)
- दैलेख ।
मृत्यु हुनेमा अछामको पञ्चदेव-विनायक नगरपालिका सिंह नेपाली, रुपा नेपाली, भैरवस्थान धिरेन्द्र बीसी, कालिकोटको रास्कोट नगरपालिका- ६ का युवराज शाही,शान्नि त्रिवेणी गाउँपालिका सुनिल शाही, रास्कोट- ५ का धर्मराज शाही, प्रकाश शाही, कविता शाहीको सनाखत भएको छ ।
कालिकोटको जितेबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस अाठबीस नगरपालिकको राकम कर्णालीस्थित भेल्तडीको नैनेल मन्दिर नजिकै बुधबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।
स्थानीय व्यपारी भीम रावलका अनुसार मन्दिर नजिकैबाट बस २ सय मिटर तल कर्णाली नदी किनारमा खसेको थियो । बसमा सवार ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक बाँकी ३ जनाको सनाखत हुन सकेको छैन ।
२०७४ जेठ ३१ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...