मधेस विरोधी भन्दै महोत्तरीमा एमाले सांसदमाथि ढुंगामुढा प्रहार

- बर्दिबास ।
महोत्तरी क्षेत्र नम्बर ५ का सांसद दिपनारायण साह सवार गाडीमाथि उनीहरुले मंगलबार बिहान औरही गाउँपालिका-१ मा ढुंगामुढा गरेका हुन्।
बिहानैदेखि बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् ।सांसद साहलाई मधेश विरोधी एमालेको नेता रहेको भन्दै राजपाका कार्यकर्ताले सडकमै गाडीको सीसा पुटाएका हुन् ।
बन्दमा गाडी चलाएको भन्दै राजपाका कार्यकर्ताहरुले सांसद साह सवार गाडीमा ढुङ्गमुढा प्रहार गरेका छन् । ढुंगामुढाबाट गाडीको अगाडीतिरका सिसा फुटेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।
निर्वाचनको विरोध गर्दै आएको राजपाले मंगलवारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको छ ।
तस्वीर अन्नपूर्णबाट
तस्वीर अन्नपूर्णबाट
प्रतिकृया दिनुहोस्
Loading...