सरकारले चुनाव सार्ने निर्णय गरेलगत्तै कमल थापाले गरे यस्तो आपत्तिजनक ट्वीट..

  • काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नम्बर २ को चुनाव सार्ने सरकारको निर्णय गलत भएको बताएका छन् ।

सत्तारुढ कांग्रेस र माओवादीले राजपा नेताहरुसँग गरेको वार्तामा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति गरे लगत्तै सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गरेका थापाले सरकारको यो निर्णय अदूरदर्शी र अपरिपक्क भएको बताएका छन् ।

यो सहमतिबारे प्रतिक्रिया जनाउँदै रापप्रा अध्यक्ष थापाले चुनाव सार्ने निर्णय गलत भएको बताए । उनले भने, ‘निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजिएको छ ।’ बिहिबार बसेको मन्त्रिपरिषद्को वैठकले २ नम्बर प्रदेशको चुनाव असोज २ गते गराउने निर्णय गरेको थियो ।


,

प्रतिकृया दिनुहोस्

Loading...