माओवादी केन्द्रभित्र अर्को बबण्डर : घोडा चोरलाई मन्त्री बनाउन लागिएको भन्दै सामूहिक राजीनामाको चेतावनी

पार्टीका प्रभावशाली नेता एवं प्रदेश न ७ का संयोजक लेखराज भट्टले मनपरी तरिकाले मन्त्री सिफारिस गरेको भन्दै सुदूरपश्चिमका नेता कार्यकर्ताले प्रचण्ड निवासमा बबण्डर सुरु गरेका छन् । सुदूरपश्चिमका पोलिट्ब्युरो सदस्यहरु खगराज भट्ट, वीरमान थारु, टेकेन्द्र भट्ट, रेणु चन्द र हरि ज्ञवालीलगायत नेताहरु आक्रोशित मुद्रामा मंगलबार लाजिम्पाट पुगेका हुन् ।
उनिहरूले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर हेडक्वार्टर सदस्य सेमत रहेका भट्टले बाजुराका सांसद कर्णबहादुर विकलाई मन्त्री बनाउन लागेको भन्दै विरोध जनाए । प्रचण्डलाई दबाब दिन उनिहरुले विक मन्त्री भए सामूहिक रुपमा पार्टी नै छाड्ने चेतावनी समेत दिएको स्रोतले बतायो ।
बिकलाई मन्त्री नबनाए आफुले पार्टी छाड्ने धम्की भट्टले पनि दिएको स्रोत बताउछ । ‘आफु मात्र पार्टी हो र आफुले मात्र सही र अन्तिम डिसिजन गर्न सक्छु भन्ने व्यक्तिले पार्टी छाड्छु भन्दैमा तपाईं डराएर खुरुखुरी जे भन्यो त्यही मान्नुहुन्छ भने हामीले पनि सामूहिक रुपमा पार्टी छाड्छौं तपाईं के गर्नुहुन्छ ? ल भन्नुस्’, भन्दै उनीहरुले प्रचण्डलाई ठुलो दबाबमा पारेका छन् ।
उनीहरुले नेता भट्ट नजिकका मानिएका विकमाथि घोडा चोरको आरोप लगाएक छन् । ‘जिल्लामै बदनाम छवि भएको मान्छे, घोडा चोरका नामले प्रख्यात छ ।’ नेताहरुले भने । विकलाई प्रहरीले चोरी भएका तीन घोडासहित पक्राउ गरेर थुनामा राखेको रिपोर्टसमेत प्रचण्डलाई दिएकाे स्राेत बताउछ ।
उनीहरुका अनुुसार बाजुरा पोल्टीका एक व्यक्तिले आफ्नो घोडा हराएको सूचना प्रहरीमा दिएपछि चोरी भएको घोडा खोज्न खटिएको प्रहरी टोलीले विकलाई सदरमुकाम मार्तडी नजिकैबाट हराएका घोडासहित पक्राउ गरेको उनीहरुको दावी छ । बिकले घोडा कहिले चोरेका थिए भन्ने बारेमा भने उनीहरुले प्रष्ट पारेका छनैन् । असन्तुष्टहरुले कैलालीका सांसद हरि ज्ञवालीलाई मन्त्रीमा र बझाङका जनक बुढालाई राज्यमन्त्रीमा सिफारिस गरेका छन् ।
तस्वीर : नेतृ रेणु चन्दको फेसबुकवालबाट
तस्वीर : नेतृ रेणु चन्दको फेसबुकवालबाट
प्रतिकृया दिनुहोस्
Loading...