ट्वीटरमा बाबुरामको व्यंग्य, मतपत्र च्यात्नेलाई सम्मानित गरिए चुनावमा कसैले हार्नु पर्दैन !
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjeb5fnkdpWfCK0IhWxtaKJg9PU5Lk6FP76sB4ENCtuIOSmSbv4el0wj5uEtP6pWuAIlM7aC56Add7EWo_JnjfnabLj-Fx0am0QU9oGNRNP90QfjRf3D68yVkjdBvGzEc1uGBkMYTXtENU/s640/baburam+%25281%2529.jpg)
- काठमाडौं ।
नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले व्यंग्यात्मक ट्विट गर्दै मतपत्र च्यात्नेलाई सम्मान गरिए अबको चुनाबमा कसैले पनि नहार्ने बताएका छन् ।
भरतपुरमा मतपत्र च्यात्नेलाई पुरस्कृत नगर्न आग्रह गर्दै बाबुरामले यस्तो ट्विट गरेका छन् । कानुनी छिद्रलाई टेकेर मतपत्र च्यात्नेलाई पुरस्कृत गरिए भोलि कसैले पनि चुनाव नहार्ने भन्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।
ट्विट गर्दै बाबुरामले नाजीवाद र फासीवाद पनि चुनाव (ब्यालेट) बाटै आएको भन्दै उनले मतपत्र च्यात्नेलाई पुरस्कृत गरिए लोकतन्त्र मर्ने उल्लेख गरेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhiDrO6IohG081sIILocTz6fbL2WbTIEgjAeCkCwwPjn6qLp3SSrjY98HGqV4ocpKf1nwx4JF91lCTR8UDRZ4kwa6wh220gBH1DBHc8SR9SCmgPAZi_0V6bTbpZvKix94YO6rlmKhHcDBU/s640/baburam+twitter.jpg)
भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको प्रहरी र निर्वाचन आयोगले समेत पुष्टि गरेपनि उनीहरुलाई रिहा गरिएपछि माओवादी केन्द्रले सम्मान गर्ने हल्ला चलिरहेको छ ।
सोही कारण बाबुरामले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ब्यालेटबाटै नाजीवाद र फासीवाद ल्याउन खोजेको आरोप लगाएका छन् ।
उनले जसको शक्ति उसको भक्ति भन्ने संस्कृतिले जसरी पनि चुनाव जित्न र हार्न लाग्दा मतपत्र च्यात्न उद्यत हुने प्रवृत्ति बढ्ने दाबी गरेका छन् । ‘जसको शक्ति उसको भक्ति संस्कृतिले जसरी पनि चुनाव जीत भन्छ, हार्न लाग्दा मतपत्र च्यात्न उद्यत गर्छ,’ बाबुरामको ट्विटमा उल्लेख छ । उनले भरतपुर नेपाली लोकतन्त्रको लिट्मस टेस्ट भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...