बिद्यार्थी नेता प्रकाश अधिकारीको कोठामा प्रहरीको छापा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi3dcZpsDthjrd4Zz5JGbakV3dWGvXMUWoF80ZpeXcWgpp5olZMqhrTFJ9fj54I9m92DVWdLvvb5BLN1XD2Oukgqtd20-kcQXlgT5lr3biIh3MnlyDTmO7EuHDqqTNDFaxy05HAz92Vz1s/s640/Myadi+Police_1.jpg)
- काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारीको कोठामा प्रहरीले बुधबार राती छापा मारेको छ ।
स्थानीय तह निर्वाचन अघिदेखि नै प्रहरीले कम्युनिष्ट पार्टी निकट नेता कार्यकर्ता र समर्थक शुभ चिन्तकहरुका घर, कोठामा छापा मारेर आतंकित पार्ने कार्य गर्दै आइएको छ ।
अखिल क्रान्तिकारीले दिएको जानकारी अनुसार बुधबार राती साढे ९ बजे तिर प्रहरीले जोरपाटी स्थित अधिकारीको कोठामा छापा मारेर परिवार र आफन्तलाई आतंकित पार्ने काम गरेको हो ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिदै जाँदा देशैभर पुन: प्रहरीले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताका घर, कोठा खान तलासी गर्ने र गिरप्तार, धरपकड गर्ने क्रम बढाएको कम्युनिष्ट पार्टीले जनाएको छ।
प्रचण्ड नेतृत्वमा रहेको सरकारले नै विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई निवार्चनको प्रमुख चुनौतीको रुपमा लिदै कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाइ जहाँ देख्यो त्यहीबाट गिरप्तार गर्न प्रहरीलाई आदेश दिएको थियो।

प्रतिकृया दिनुहोस्
Loading...