कस्तो विडम्बना : सुन्दर सपना बोकेर कोरिया गएका राजकुमार रातो बाकसमा फर्कर्दै…
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgXrptvLBqp8X-SuJytP9bs7RXgDHg9jn5sDTYlTei39XV2UtQcNFKaHuT6qVr-nJAuefOJgydIZGU7HCiWywSfMQEeEHbHm3yvoDrcBBb-8qSPOFVtjfywwzP0hfM0dGNbqV68HJn9wHg/s320/Capture-340.jpg)
पर्वत ।
हरेक जसो नेपालीहरु परदेशमा सुनदर सपना बोकेर जान्छन तर भाग्यमानी कमै हुन्छ जसले आफुले सोचेको सुन्दार सपना पुरा गर्न सक्ने हुन । त्यसमा अधिकांसका पिडाका कथा नै हुन्छन् ।
यस्तै सुनदर सपना बोकेर इपिएस परिक्षा पास गरि कोरीया पुगेका पर्वत जिल्ला कुश्मा नगरपालिका पकुवा निवासी राज कुमार बि.क भने ति सबै सपनाहरुलाई अन्त्य गरि रातो बाकसमा फर्कदैछन् ।
कोरीयाको राजधानी सोल स्थित नेपाली राजदुताबासका सहचारी रमेश गैरेका अनुसार बि.क फर्निचरको मेसिनमा नै काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गएको हो । उनका अनुसार बि.कको अबस्था, क्षती पुर्ती र ईन्सुरेन्स बाट पाउने सुबिधाबारे कम्पनी तथा ईन्सुरेन्स कम्पनी सँग छलफल भएको र कम्पनी सकारात्मक भएकोले सब लाई नेपाल पठाउने तयारी भईरहेको बताए ।
तर के गर्नु सबै कुरा त पाईएला राजकुमारलाई कसरी पाउँने भन्दै उनका साथीहरु अहिले पनि निकै पिडाका साथ उनका बिगतका कुराहरु सुनाउँछन् । घरमा बाबा आमा श्रीमती र २ छोरा छन् । उनीहरुको अबस्था झनै पिडादायी छ । निकै मिलनसार उनी उनलाई ५ दिन अघी मात्रै कम्पनीको फरक डिपाटमा सारिएका थिए ।
अहिले कोरीयाबाट उनलाई नेपाल ल्याउने तयारी गरिदैछ । आजभोली कोरीयामा आत्माहत्यका घटनाहरु पनि निरन्तर बढ्न थालेका छन् । यस तर्फ सबैले बेलैमा सोच्न जरुरी छ । सुन्दर सपना बोकेर कोरीया पुगेका राज कुमार रातो बाकसमा घर आउने कुराले पकुवा र पुरै पर्वत जिल्ला यतिबेला शोकमा छ ।
२०७४ जेठ ३१ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...