देवी ज्ञवालीका छोराले रेणु दाहालमाथि सार्वजनिकरुपमै लगाए यस्तो अश्लील आरोप ..
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgfCuV54l2ZsYVW6Dnb08XNA2usemrPXzILE-FNZtpF49srfJG47mZVJcfOX66zIi6PIxO2Ln4cpyQ3NZf56YEsi9F0HZW797AQTXVa6irrBN4XcIMQR9UTxDEzlWlaTs6CZBB5vzVJKgA/s640/Renu-Dhala-.jpg)
- काठमाडौं ।
एमालेबाट भरतपुर महानगरपालिका मेयरका उम्मेदवार देवी ज्ञवाली पुत्र निरब ज्ञवाली बुवाकी प्रत्यासी माओवादी केन्द्रकी नेतृ रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमा अश्लिल गाली गलौजमा उत्रिएका छन् ।
चितवनको एक स्थानीय अनलाइन पोर्टलमा प्रकाशित रेणुको अन्तर्वार्ता पढेपछि ज्ञवाली पुत्रले अश्लील गाली गरेका हुन् । अन्तर्वार्तामा रेणुले आफू जित्ने निश्चित भएपछि एमालेले मतपत्र च्यातेकी प्रत्यारोप गरेकी छन् ।
अन्तर्वार्ता पढेपछि रिसले चुर भएका निरबले सामाजिक संजाल फेसबुकमा नकच्चरी भन्दै छोटो शब्दमा तथानाम गालीगलौज गरे ।
उनले रेणुलाई नाङ्गै सडकमा हिंड्न भन्ने सम्मको सुझाब दिएका छन् । ‘थुइक्क नकचरी, नांगै हिंड्न सडकमा बरु । अझ शालीन रे’, उनले लेखेका छन् । एउटा जिम्मेवार नेताका छोराले सार्वजनिक रुपमा अर्की जिम्मेवार नेतृमाथि यसरी हदैसम्मको तुच्छ व्यवहार देखाउनुले स्वय: देवी ज्ञवालीकै नैतिकता र संस्कारमाथि समेत प्रश्न चिन्ह खडा भएको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।
ह्रेनु देवी पुत्र निरबले रेणु दाहालमाथि गरेको गालीगलौज
प्रतिकृया दिनुहोस्
Loading...