नेपाल र यमनबीचको खेल गोलरहित बराबरीमा सकियो, दुबैले अंक बाँडे

- काठमाडौं ।
मंगलबार दिउँसो सम्पन्न एसियन कप २०१९ को छनोटको दोस्रो खेलमा नेपाल र यमनले बराबरी खेल्दै एक–एक अंक बाँडेको छ ।
खेलको पूरै समयमा पनि दुवै पक्षले गोल गर्न सकेन । त्यसपछि अंक बाँडेको हो । तर तीन महिनाअघि फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको नेपालले योपटक भने यमनसँग बराबरी खेल्यो ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज सम्पन्न खेलमा नेपालले सुधारिएको खेल प्रदर्शन गरेको विश्वास नेपालीहरुले गरेका छन् । नेपालले आफूभन्दा बलियो मानिएको टिम यमनविरुद्ध अवसर निकालेपनि गोल गर्न भने चुक्यो ।
मंगलबारको खेलपछि समूह एफमा रहेको नेपाल एकसहित तेस्रो स्थानमा छ । यमनसँग ४ अंकसहित शीर्ष स्थानमा उक्लिँदा फिलिपिन्स ३ अंकसहित दोस्रोमा छ । अंकविहीन ताजकिस्तान भने पुछारमा छ ।
नेपालले अर्को खेल तीन महिनापछि ताजिकिस्तानसँग खेल्दैछ । नेपालले अब छनोटमा ४ खेल खेल्न बाँकी छ । छनोटमा नेपाल रहेको समूहमा फिलिपिन्स, यमन र ताजिकिस्तान छन् । यी टोलीबीच होम एण्ड अबे आधारमा २–२ खेल हुनेछन् ।
२०७४ जेठ ३० मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...