भक्तपुरको सूर्यविनायक ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

- भक्तपुर ।
भक्तपुरको सूर्यविनायक –२ चिलाउनघारीमा ट्याक्सी दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ ।
सोमबार राति बा २ ज २३५२ नम्बरको ट्याक्सी सडकबाट १५० मिटर तल खस्दा ट्याक्सी चालक सिन्धुपाल्चोक मांखाका २४ वर्षका बुद्धिबहादुर लामा र ट्याक्सीमा यात्रा गरिरहेका सिन्धुपाल्चोक सिम्लेका वर्ष ४० का मानबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका तामाङ र कृष्ण तामाङका मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
२०७४ जेठ ३० मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...