नेपालमा यो बर्ष पनि गोलभेडामा टुटाकिरा प्रकोप देखियो

नुवाकोट ।
नेपालमा यसबर्ष पनि टुटाकिराको प्रकोप देखिएको छ ।
पहिलो पटक गत वर्ष भित्रिएको टुटाकिरा यस वर्ष नुवाकोटमा देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले जानकारी दिए ।
टुटाकिराले गोलभेँडाको पात, डाँठ हुदै फल नै खाएपछि देउराली, बुङताङ, किम्ताङलगायत स्थानका किसान मारमा परेका छन् । भारतबाट नेपाल भित्रिएको टुटाकिरा गत वर्ष काठमाडाैं उपत्यका र त्यस वरपरका जिल्ला देखापरेको थियो ।
दुई साताअघि देखा परेको किराले अहिले माहामारीको रुप लिएको छ । विषादीको प्रयोगले फलमा असर गर्ने भएको किरालाई जालमा पारेर कम गराउने विधि परीक्षणको रुपमा अपनाएको गैरेको भनाइ छ । प्रकोपका कारण गोलभेंडा खेती प्रभावित हुने चिन्तामा किसानहरु परेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...