भरतपुर अपडेट : माओवादीका जिल्ला इन्चार्जसहित ९ जनालाई एमालेको ज्यान मार्ने धम्की
- चितवन ।
माओवादी चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले शुक्रबार चितवन सिडियो कार्यालयमा उजुरी दिँदै आफुहरुमाथि लगातार ज्यान मार्ने धम्की दिएको आएको दाबी गरेका हुन् ।
माओवादी केन्द्रका सक्रिय कार्यकर्ताहरु द्रोण शिवाकोटी, प्रकाश कँडेल, बोधराज न्यौपाने, अञ्जनकुमार तिमल्सिना, साजन अधिकारी, सुजन सिंह ठकुरी, उत्तम गुरुंग, दिलीप पौडेल, बसन्त आचार्य समेतका व्यक्तिहरु र जिल्ला तहका नेताहरुलाई ज्यान मार्ने धम्की आएको माओवादीको दाबी छ ।
नेकपा एमालेको युवा संघ र अनेरास्ववियूका जिल्ला तथा केन्द्र तहका नेताहरुबाट ज्यानै जोखिम हुने गरी धम्की आएको भन्दै माओवादीले उनीहरुलाई सिडिओ कार्यालयमै झिकाउन र ज्यानको सुरक्षा दिन माग गरेको छ ।
हेर्नुहोस् पूर्ण निवेदन
प्रतिकृया दिनुहोस्
Loading...