क्रान्तिकारीका अध्यक्षसहित १ दर्जन नेताहरु कलंकीबाट गिरफ्तार
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjesH3wUEyUK3E_WfS8n0z7ZUa6GudG3G3ylNOaTSQTchPg9suqSUKlXCGOj2qeSS7trPlkd0d6RAaWOuEWTZhWUFDx407T7nOOfUtynwLX9ZmZuB_5xQYPG7ZcW-ovG5pBJ1cr6zjsF3U/s1600/giraftar.jpg)
- काठमाडौं ।
बन्द गराउदै हिडेको भन्दै अध्यक्ष सिंहसहित केन्द्रीय नेताहरु लोकेश बिश्वकर्मा, टंक जोशी, भिष्म शाही, नबिन शर्मा, गोरख शाही, सिटिइभिटी कोषाध्यक्ष प्रज्वल शाही र एनस सि कलेजका प्रकाश कठायतलाई कलंकीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै जनगणतान्त्रिक खेलकुदका केन्द्रीय सदस्य पुरुषोत्तम बुढाथोकी पनि कलंकीबाट नै गिरफ्तार परेका छन् ।
स्थानीय निर्वाचन अघि नै पक्राउ गरी हिरासतमा राखिएका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै आज (मंगलबार) नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेको छ।
२०७४ असार २७ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...