लुट धन्दाले विकसित निजी बिद्यालय र मेरो ८ बर्षको शिक्षण अनुभब
- साबित्री सुबेदी ।
लुट पधेरे शाइलो लुट,
अभिभाबक सोझा छन ,
पचोस् या नपचोस् चिन्ता नगर,
छेर्ने गरेर नै लुट ।
यो कबिता बाट मैले लेख सुरु गर्दैछु । मैले ८ बर्ष काठमाडौँका निजी बिद्यालयमा पढाए । रहरले पढाएको चाँही होइन मेरा पनि बाध्यताहरु थिए । यो देशमा झाङिएको बेरोजगारीको सिकार म पनि भए ।
कहाँ जाउ, के गरौ ? मसंग बलिया सर्टिफिकेटका पानाहरु थिए । जसका कारण, यि महंगा ठग धन्दाको अड्डामा मेरो इन्ट्री भो । एउटा शिक्षकको हिसाबमा । निजी बिद्यालयका यि लुटेरासंग मेरो सुरुमा नै द्वन्द सुरु हुन्थ्यो ।
निजी बिद्यालयमा जागिर खान जाँदा मलाइ प्रश्न गर्थे "तपाईं सर्टीफिकेट धरौटी राख्नुस् रे ! म ऋण लिन गएको त होइन। म बौद्दिक कामका लागि गएको हो ।
मैले मेरा सर्टीफिकेट धरौटी राख्दिन भनेर धेरै चोटि यि लुटेराहरुका कार्यालयबाट फर्केको छु । दु:ख त त्यति बेला लाग्दो रहेछ त्यति बेला ति अण्डर एस.एल.सी.हरुले हाम्रो सर्टीफिकेट हेरेर, मुख फाल्दै भन्थे केटिले गरिखान्छे रे ?
सोझा अभिभाबक र विद्यार्थीलाई मेरो आफ्नै आँखा अगाडी लुटेको देख्दा निजी बिद्यालयबाट सदाका लागि बिदा लिए । महिनाभरी दु:खको पैसाले गरीब बालबालिका प्रती आफुले सकेको सहयोग गरेको छु ।
गरीबले पनि गुणस्तरिय शिक्षा पाउनु पर्छ भन्ने मेरो मान्यता हो । जोसंग पैसा छ त्यसले मात्र इन्ट्री पाउने ति महंगा स्कुलको गूण्स्तरको औकात मैले मजाले छामेको छु ।
यती सम्म लुटिन्छ कि मलाई अब लेख्नै पर्ने बनायो । लुट बिरुद्द लेख्यो भनेर माफियाको निद पनि हराम हुनेछ । तर म कुनै एउटा बिरुद्द लढ्दै छैन । म यहाको बिधी र प्रकृयामाथि बोल्ने छु ।
१ काठमाडौँका निजी बिद्यालयको अनुगमन गर्ने हो भने ४५ प्रतिशत निजी बिद्यालयका सञ्चालकको सैक्षिक योग्यताका प्रमाणपत्र नक्कली छन । अनी यिनैले हामीलाई गुणस्तरको व्याख्या गर्छन ।
कसरी ठगिन्छन अभिभाबक ? मेरो भोगाइ ।
विद्यार्थीले प्रथम त्रैमाशिक परिक्षा दिइसकेपछी रिजल्ट घोषणा गर्ने दिन भन्दा १ हप्ता अगाडि प्रिन्सिपलले शिक्षकको बैठकमा यो पहिलो परिक्षा हो अहिने ७५ प्रतिशत विद्यार्थी पास गराउनुस् भन्ने आदेश दिन्छन । अहिले अभिभावकलाई खुसी बनाउनु छ ठ्याक्कै यसै भन्छन । मैले सोचे त्यती बेला लुट्न पनि दिमाग चाहिदो रहेछ ।
दोश्रो त्रैमाशिक परीक्षा हुनु भन्दा अगाडिको मिटिङमा प्रिन्सिपल भन्छन ! "अहिले ६० प्रतिशत बिध्यार्थी फेल गराउनुस, ट्युसन, कोचिङ चलाऊनु परेन । हामी त कामदार प्रिन्सिपल जसो भन्छन त्यस्तै गर्नै पर्यो । मैले यि दलालहरुकोमा बाध्यतापूर्ण ढंगबाट जागिर खाएको हुँदा धेरै चोटी मन अमिलो भएको छ ।
मलाई एक दिन धेरै लाज लाग्यो र रिस पनि उठ्यो । प्रिन्सिपलले गृहकार्य धेरै दिनुस् , हाम्रो कापी धेरै बिकेन भनेर हप्कायो । हुन त लुटधन्दा नै हो, मैले केही भनिन । हवसको आसयमा टाउको हल्लाए ।
विद्यार्थीलाई सैक्षिक भ्रमणको कुरा गर्नुस् प्रत्यक लाई १० हजार ल्याउन भन्नु भन्यो, म कामदार भएको हुँदा मान्नै पर्यो । दुई हजारमा त्यो भ्रमण पुरा हुन्थ्यो । ८ हजार त त्यही कमिशन । बिचरा अभिभावक लुटिदा पनि हेर्ने भन्दा र्को कारबाही गर्न सकिएन ।
- विद्यार्थीलाई फुटसल लानु पर्यो १ हजारको दरले उठाउनुहोस् ।
-बिधार्थीलाई पौडी खेल्न लाने हो, ५०० को दरले उठाउनुहोस् ।
मलाई पढाउन गएको भन्दा निजी गाडीमा कन्डक्टर भएको जस्तो अनुभब हुन्थ्यो । पैसा उठाउने भन्दा आर्को काम नै कम हुने ।
एक दिन मिटिङमा प्रिन्सिपलले "हामी रचनात्मक छौ।" भने, मलाई भित्र मनदेखी नै जवाफ फर्काउन मन थियो । तर मनमनै सोचे शैक्षिक माफिया लुट्न त एकदम रचनात्मक नै छन ।
लुट्ने कला सिक्नु पर्यो एक बर्ष निजी बिद्यालयको जागिर गर केटी ! ब्यापारको कला अन्त होइन निजी शैक्षिक सस्थामा सिकिन्छ । माखाको बोसो निकालेर धार्नी पुर्याउने कला चाँही निजी बिद्यालयका सञ्चालकसंग छ ।
सचेत अभिभाबकलाई एउटा अनुरोध गर्छु , परिक्षा अगाबै त्यही प्रश्न पत्रमा तपाईंका छोरा छोरीले कोशीस गरेका हुन्छन । हामी शिक्षकलाई ७५ प्रतिशत त्यही प्रश्न कोचिङमा घोटाउनु है भन्छन । छोरोले डिस्टिन्सन ल्याउछ अनी अभिभाबक नि खुस अनी सन्चालक पनि । तर रहस्य त फरक छ ।
मैले ८ बर्ष यो निजी बिद्यालयको क्षेत्रमा नै बिताए । यि पधेरे साइलाहरुको लुटले आजित बनेर अन्ततः शिक्षण पेसाबाट अलग भए । अभिभावकलाई सचेत गराउन आज यो लेख्नै पर्ने अवस्थामा पुगे ।
२०७४ साउन १५ गते प्रकाशित
यो पनि पढ्नुहोस्
प्रतिकृया दिनुहोस्
Loading...