चन्द्रबहादुरको श्रद्धाञ्जली सभाः एकीकृत जनक्रान्तिको प्रथम सहिद घोषणा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZ8l-xyFbIHkh0FXLpllVHQnwD1rIGx4_-UVVZBfnZJH6f8qDWrVRJiEIkSoKjslwurZiMfjSwE0dAkDbiUdhBrfrGItNbqT8yDVTsooCXHItq6tNgCkJndg5YpELyFue-esnoeAQ_040/s1600/sunrise-1.jpg)
- धनगढी ।
धनगडी उपमहानगरपालिका १२ जुगेडा स्थित घरमा शनिबार श्रद्धाञ्जली सभाको अायोजना गरिएको हो । जिल्ला सदस्य समेत रहेका सनराइजलाई श्रद्धाञ्जली दिन पार्टीका पोलिट्ब्युरो सदस्य अोमप्रकाश पुन, केन्द्रीय सदस्यहरु शरदसिंह भण्डारी, रामप्रसाद तिमिल्सिना, केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्कासहितका नेताहरु सहभागी थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6MKSX6NcNAkZGzI2nVP_NjUadi6wpbcZ6pfv7_wIy7V-Pfdhm3fIHN7M75RNKgjeQP91-OSR64z6UeiXIn3VRd0pQBvZUvdKsevi2z2uKlHYWDMxHS2UGOaWO7Kt-9Jndn-eIOQ75K8E/s1600/sunrise.jpg)
यही असार १२ गते राति सनराइजले बेवारिसे बम चलाउँदा विस्फोट भएको थियो । विस्फोटबाट गम्भीर घाइते भएका सनराइजको उपचारको क्रममा सेती अञ्चल अस्पतालमा राति नै मृत्यु भएको थियो ।
नेकपा कैलालीले सनराइजको सम्झनामा दश लाखको अक्षय कोष खडा गरेको छ । पार्टीको सेती ब्युरोले सनराइजलाई एकीकृत जनक्रान्तिको प्रथम सहिद घोषणा गरेको छ ।
२०७४ असार २४ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...