साउन २० देखि २५ गतेसम्म १६ औं डाबर स्पेशल तीज महोत्सव २०७४ हुदैँ
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj77Enmo1U_3TIc8WqztrJNjawWHzCzCjXIG3gvzUdgYiIknxyHc6ddWN0GeWu56nT6xwAJevAnfAyTSY_SQi71TSVX20P71PA5J4f6z5l5cuYaPk5oTsFW9tLEPJ1RbhGAnWsNkCqqlvOv/s1600/press-met.jpg)
- काठमाडौं ।
महिला विकास र महिलाको सीपमुलक कार्यहरुलाई उजागर गर्ने उदेश्यले आयोजना हुन गइरहेको उक्त महोत्सवमा महिला उद्यमीहरुले आफ्ना उत्पादित वस्तुहरुलाई प्रदर्शनीमा राख्न सक्ने जानकारी समेत आयोजकले दिएको छ ।
डाबर स्पेशल हेयर आयलको मुख्य प्रायोजमा हुने महोत्सवमा अवलोकन कर्ताहरुलाई निःशुल्क जुस वितरण गरिनेछ बताइएको छ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjMLAUfpxwO3QEkyDt_P5kP0h-Hu1cUWCF-n2cGgnX0tzRfyRac6I3zwsoK9Vo0YDK9_mS6C7suYiUF4WZcqAROgngmDPtbumZKA0DdJz6Dn0RTCCzmoPv_KX8ZRWz9BCZwhfCzChOEFZR8/s1600/dd.jpg)
त्यस्तै रोथो, सीताराम दुध,सीताराम ध्यू, एन्.टि.बी, भिएलसिसी, टिभएस्, मनकामना केबलकार, सनराइज बैंक, मङ्गलदीप, यू.डब्लु.टि.सी, बराह ज्वेर्लस, ओम गोल्ड हाउस र मिडिया पाटर्नर इसीएस मिडिया,साइभर संसार,न्यूज ट्वेन्टी फोर, डिर्मस एन् आइडिया, टाइम्स एफएमले पनि महोत्सवलाई प्रायोजन रहेका छन् ।
महोत्सवमा बारा ज्वेर्लसद्धारा हिराको खरिदमा २०५ छुट, भिएलसिसीद्धारा फ्रि छाला परिक्षण र बिएमआई परिक्षण, ब्लड टेस्ट, ब्लड प्रेशर परिक्षण, सेल्फि कर्नरका साथै सनराइस बैंकद्धारा निःशुल्क मेहन्दी लगाइने, कार्ड हुनेहरुका लागि ८५ छुट बिगमार्टको कुनै पनि शाखाबाट सामान खरीद गर्दा,लक्करमा पनि भारि छुटको व्यवस्था गरिने बताइएको छ ।
१०० वटा भन्दा बढि स्टल रहने उक्त महोत्सवको उद्घाटन काठमाण्डौँ महानगर पालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले गर्नेछिन ।
प्रतिकृया दिनुहोस्
Loading...