साउदीलगाएतका अरबी मुलुकद्वारा माग पुरा गर्न कतारलाई ४८ घण्टा समय थप
- एजेन्सी।
कतारले आतंकवादीलाई सहयोग गरेको, कतारी सरकारको लगानी रहेको अल जजिरा टेलिभिजन बन्द गर्नुपर्ने, इरानसँगको दूरी बढाउनुपर्ने, कतारमा रहेको टर्किस सेनाको अखडा बन्द गर्नुपर्ने उनीहरुको माग छ ।
माग पूरा नभए थप नाकाबन्दी सामना गर्न तयार रहन पनि उनीहरुले कतारलाई चेतावनी दिएका छन् । कतारले भने आरोपलाई अस्वीकार गर्दै आएको छ ।
कतारविरुद्ध नाकाबन्दीमा उत्रिएका मुलुकका विदेशमन्त्रीहरुले कतार गएर यस विषयको औपचारिक पत्र बुझाउने बताएका छन् । कतारका विदेशमन्त्री शेख मोहम्मद विनले १३ बुँदे सर्त अस्वीकार गर्दैै वार्तामा बस्न भने तयार रहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...