दाई तपाई त अम्मर हुनुभयो मेरो मुटु चुडियो, परिवारको खुसी लुटियो....


स्वणिम शाही।

एकथान आशाहरु पालेर आस्था बाचिरहेको दिनहरुमा कालो धब्बा लागेपछी चम्किरहेको हिरा र मोतिको चमत्कारले पनि उज्यालो पोख्न असफल हुदोरहेछ ।

सेताम्मे हिमश्रीखला र ढाकिएको सेतो पछेउरीलाई हेर्दा यि एकजोरा ऑखाहरुले कालो घुम्टो ओडेको जस्तै देख्न थाल्दा रहेछन। 

आफ्नै खुसिका हाँसोहरुमा खित्किरहेको मान्छेलाई पनि पिडाको क्रन्दनमा कराई रहेको जस्तो लाग्दो रहेछ। मौसम हिउँदहरुको चिसो-चिचो शिशिर ऋतुको याम थियो । दिनको प्रहर थियो। बातावरण खुल्ला थियो। भुगोल समथर फाँट परेको थियो । योजना प्रत्याक्रमणको थियो। 

लडाईं तत्कालिन शाही नेपाली सेनाको प्रथम रेन्जर बटालियनसॅग थियो। समय दिनको ठिक ४ बजे,  कैलालीको खिमडी भन्ने ठाउँ मिति । २ ०६० पौष- १६ गतेकाे दिन नेतृत्व हालका गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) को थियो। 

आशा, भरोशा, आस्था र जन्माउने बाबा सरहका अभिभावक मेरो जेठो दाई कृष्णराज शाही (कुशल) आफ्नो सैन्य कुशलता प्रदर्शन गर्दै, सैन्य बहादुरीता देखाउदै, बिरताको ईतिहास रच्दै, बलिदानको कोटामा आफैलाई उभ्याउदै शाही जल्लादहरुसॅग एक इन्च नझुकि दिउसै जाई लाग्दालाग्दै दुष्टले ताकेको निशानामा परी छातीमा तातो गोली लागेर रणमैदानमै गर्ल्याम्म ढल्नुभयो। 

जनगणतन्त्र, बैज्ञानिक समाजवाद हुदै साम्यवादको बाटोमा पुर्याउने सपनामा आफ्नो दिलो ज्यानलाई ठुली, सेति र कर्णाली नदीको किनारमा रातो रगतले धर्ती रंग्याउनुभयो। साथै यसै दिन आफुले रोजेको बलिदानको मार्गमा सहकर्मी बटालियन कमाण्डर प्रहार, कम्पनी कमाण्डर समिल लगायत ७ जना बिर योध्दाहरुको बलिदानले खिमडीको भुमि रगतले रंगियो। तर यो निकै कारुणिक, पिडादायक, रोधन र बेदनाको क्षणलाई म त्यहि भुगोलकै आसपास मै भएर पनि एक दिन ढिलो मात्र आफ्नै दाई शहीद भएको तितो खबर पाएको थिए । 

सुर्खेत, डोटी र कैलालीको त्रिवेणी स्थान हो खिमडी । एक तर्फ कर्णालीले घेरेको अर्को तर्फ ठुली गाडले चिरेको दुई नदिले तिन जिल्लाको सिमाना छुट्याईएको छ । म सुर्खेतको बोला भन्ने ठाउँमा थिए। 

गोली चलेको र बम बर्सात भएको ठुलै आवाज सुनिन्थ्यो र धमकाको कम्पनले हल्लिएको महशुस हुन्थ्यो। बीचमा नदिका कारण घुमेर लामो समय लागेपनि नदीमा पुल हुदो त जम्मा १५ मिनेटमा युद्ध भुमिमा पुग्न सकिने खालको थियो। त्यो दिनभरी मन कति छट्पटि रह्यो । भन्छन नराम्रो दिनमा अघि नै पुर्ब संकेत हुन्छ । त्यस्तै महसुस मलाई पिन भएकाे थियाे त्याे अप्रिय घटनाकाे। 

म बिसु जनसांस्कृतिक परिवार (सेति महाकाली)मा थिए, उहाँ जनमुक्ति सेनामा हुनुहुन्थ्यो। बिडम्बना जीवनको अन्तिम चरणमा  नजिकैको भुगोलमा भएर पनि अन्तिम क्षणमा भेट्न नपाई सधै सधैका लागी बिछोडिएर जाँदाको मन कति दुखि, पिडीत र एक्लोपनको तितो महसुस गरायो। 

तिन महिना अघि मात्र डोटीको बागछेडा भन्ने स्थानमा असाध्यै छोटो भेट भएको थियो । सामान्य भलाकुसारी र केहि सुजाब आदानप्रदान गरेर उहाँ मिटिङतिर लाग्नुभो । मेरो पनि एउटा साॅस्कृतिक कार्यक्रमको तयारी गराउनु थियो त्यहि चापाचापमा छुटियौ।

रातो घेरा भित्र सहिद कुशल
यस तिन महिनाको बिचमा सेति महाकालीमा निकै ठुला ठुला सैन्य कार्बाही भए ति प्रायजसो मोर्चामा उहाँकै नेतृत्व रहेको थियो । र ती मोर्चाहरु सान्दाररुपमा सफल पनि भएका थिए। त्यो खिमडि मोर्चामा पनि जनमुक्ति सेनाको लक्ष्य अनुरुप सफलता त हात पर्यो तर क्षति ठुलै नेतृत्व तहको भयो। 

त्यो १६ गतेको दिनभरी गोलीको आवाजले कानको जाली नै फुट्ला फुट्ला जस्तो भईरह्यो भने एकातर्फ मनको ढुकढुकी यति बेजोड गतिमा दौडिन थाल्यो अत्यास लागी रह्यो। बेलुका अबेरसम्म दोहोरो फाइलिङ र बमबाड चलिरह्यो। तर हामी बसेको ठाउँमा घटनाको यथार्थ विवरण आउन सकिरहेको थिएन। 

जब गोधुली साँझले चेप्दै गयो, तब युद्धको गति पनि ओइलाउदै गएको भान भयो । यता टिमको मेसमा खाना पाकिरहेको थियो तर मेरो मन भित्र भित्रै जलिरहेको थियो। सबै टिमले खाना खाएर सेन्ट्री मिलाई सुत्ने योजनामा थिए । म भने पौने नौ बजेको बिबिसीको प्रतिक्षामा थिए। 

जब नेपाली बिबिसी सेवा प्रारम्भ भयो मैले कान चंख पारेर सुनिरहे... न भन्दै हेडलाईनमै माओवादी बिद्रोही र सुरक्षा फौजबिच भिडन्त, माओवादीका बटालियन कमाण्डर सहित ७ जनाको मृत्यु र सुरक्षा फौज तर्फ पनि ठुलै हताहत भनेर प्रशारण भयो । त्यतिमात्र हैन क प्रभाकरले पनि कमाण्डर तहको बलिदान भएको स्वीकार गरेको प्रतिक्रिया आयो। 

हुनत नाम उल्लेख गरेको थिएन र पनि यति धेरै मन कुँडियो कि सायद मेरो ऑशु सुन्नासाथ सम्पूर्ण टिमलाई प्रभाव न पर्दो हो त डाको छाडेरै रुन मन लागेको थियो। तर पनि ऑशुका ढिकालाई आँखा मै जमाएर राखे कुडिएको मनलाई भित्रै बाधेर राखे। 

आँखा रसाएपनि ओभानो बनाएर हेरि रहे मुटु बेस्सरि दुख्दा पनि ढुक्क जस्तो गरी प्रतिबध्द बनि रहे। यो रात काट्न निकै पट्यास लाग्दो भयो ।

निन्द्रा त के आउनु बिहानी खुल्नासाथ लडाईको मैदानमा पुगेर घटनाको सत्यतथ्य बिबरणको जानकारी लिन मन आतुरिएको थियो। जब बिहान १७ गते उज्यालोका किरणहरु धर्तिमा ओर्लिए । त्यो उज्यालो पनि उज्यालोजस्ताे देखि रहेको थिएन ।

संसार नै अन्धकार , धर्ति नै कापिरहेको जस्तो, नदिको सुसाहट नै रोकिएको जस्तो, चिर चिर गर्ने चराचुरुङ्गी पनि सोकमा डुबे जस्तो, हराभरा देखिने बन जंगलमा पनि डढेलोले डढाएको जस्तो र मेरो जाेस जोसहरु पनि सबै मरे जस्तो लागिरहेकाे थियो। 

बेलुकीको खाना नरुचेर रहेको भोको पेट त्यस्तै चल्नै छाडेका हातखुट्टालाई बिहान तिर जबर्जस्त धकेलेर तत्कालीन बिसु साॅस्कृतिक कम्पनी कमिसार बसन्तसॅगै लडाईको मैदान खिमडितिर हानियौ। कर्णालीमा ढुङ्गा तरेर पल्लो कैलालीको साईटतिर गएर सरदर डेढघण्टा लगाएर खिमडीमा पुग्यौ। 

सरसर्ती घटनाको जानकारी लिने प्रयास गर्यौ। लडाईमा बलिदान भएपनि शाही सेनाको पहिलो रेन्जर बटालियनलाई नराम्ररी जनमुक्ति सेनाले धुलो चटाएछ। सयौ संख्यामा शाही सैनिकहरुको घटना स्थलमै ढलेका थिए भने त्यत्तिकै मात्रामा जनसेना युद्ध सामाग्री कब्जा गर्न सफल भएछ। तर को-को शहीद भए त्यो अझै बुझ्न सकिएन।

मेरो मन बेहोसी झै भएर बराली रहेको छ। अनुहारमा एक धर्सा खुसि पलाउन सकेको छैन । झन झन निन्याउरो र आँशुका ढिकाहरु आँखा भरी थुनेर बसि रहेका छन। यता उति बुझ्दै गर्दा क. बसन्तले मेरो दाई पनि शहीद भएको खबर पत्तो पाईसक्नु भएको रहेछ तर मलाइ भन्न नसकेर आटलाट गरी आफ्नो कार्यक्षेत्र तिर फर्किन आग्रह गरिरहनु भएको थियो। बाटोमा जादै गर्दा र फर्किदै गर्दा बिचमा धेरै किराना पशलहरु थिए। 

जता पशल भेट्यो त्यतै क बसन्तले केही खाउ भनेर प्रयास गरिरहनू भएको थियो तर मैले खान नमानेरै जादाँ आउदा केहि नखाएर फर्कियौ। त्यसरी फर्केर आउदासम्म बेलुका भैसकेको थियो। निकै थकान लागेकाले टिम भएको ठाउँमा पुगेपछी एकछिन पल्टिएँ तर निन्द्रा लागेन। 

त्यो बेलुका तिर थोरै खाना चाखियो तर पुरै आहारा खान मन लागेन । त्यो बेलुका पनि मलाई केही पनि भनिएन जब १८ गतेको १० बजेतिर मात्रै निकै भुमिका बाधेर मान्लिनुहोस एउटा रेडमा जाने सिफाईलाई गरिने कोचिङ्ग जसरी प्रशिक्षित गरेर दाई पनि शहीद भएको खबर सुनाईयो। 

त्यसपछि त झनै मुटु भक्कानियो, हातखुट्टाहरु चल्नै छाडे, ज्यूउ नै गलेर सिथिल भयो, मन नै अचेत जस्तो भयो। क बसन्त झन झन गहकिला बाणी बर्साउन थाल्नुभयो यता मेरो सुन्ने र बुझ्ने अबस्था नै थिएन। 

डाको छोडेर न रोएपनि भित्र भित्रै मन रोईरहेको थियो र आँशुका बर्षाले छाती न भिजेपनी अब्यक्त आशुले झनै काटिरहेको थियो। मन मनै पिडै पिडामा घाईते भएको यो मुटुलाई स्वयम आफै सर्जरी नगरी अरुले गरेको सर्जरीले निको हुने अबस्था थिएन। 

जीवन र जगतलाई नियाले, जन्म र मृत्युलाई पल्टाए । आँशु र हासोलाई सम्झिएँ। वीजय र प्राजयलाई केलाए। जटिलता र सरलतालाई बुझ्ने कोशिस गरे। अनि मात्र मेरो आकासमाथी मडारिरहेको कालो बादल बिस्तारै साईट लाग्दै थियो। 

जसरी तसरी आफ्नो मन त थमाएँ तर घरमा आमा, बा, हजुर आमा र भाउजुलाई कसरी सम्झाउने निकै अग्नि परिक्षा जस्तो लागिरहेको थियो। दाई एक बर्ष सम्म घर नै नगएर अब कहिल्यै घर नजाने गरी बिदा लिईसक्नु भयो तर म बाँचेको मान्छेलाई घरमा गएर कसरी सम्झाउने निकै फलामका चिउरा चपाउनु सरह थियो । 

मेरो पनि घर नगएको बर्षदिन भन्दा बढी नै भएको थियो। यस घटनाले घाईते भएको घरलाई सान्त्वना दिन पार्टीले मलाई छिट्टै घर भेट्ने योजना बनाएको थियो। त्यहि मुताविक पौष र माघ अन्य काममै बित्यो फाल्गुणमा अछाम जिल्लाको रामारोशनमा सेति महाकाली स्वायत्त प्रदेशको जनसरकार घोषणा भयाे ।

त्यहि कार्यक्रम सकाएर घर जाने कार्ययोजना बनेको थियो। त्यहि कार्यक्रममा अामा पनि आउनु भएको रहेछ। मलाई थाहा नै थिएन । एक्कासी भेट भयो । म त झस्किएँ ममी यतै कराउनु हुन्छ भनेर तर अामाले एक ढिका ऑशु नझारी हाम्रो भेट सरलता मै भयो।

यति बेला मलाई यत्ति शान्ति मिल्यो र मनमनै समिक्षित भए । अामा त म भन्दा पनि कठ्ठोर र प्रतिबद्ध हुनुहुदो रहेछ । यद्यपि ममिको मन किन रोएन होला र ? तर हाम्रो अगाडि थोरै पनि बिचलित नभई आफ्नो महानता र शाहस देखाउनुभयो। 

अब मेरा अगाडि हजुर आमा र भाउजुलाई मात्रै कसरी सम्झाउने एक मात्र चुनौती थियो। यता जनसरकार घोषणाको कार्यक्रम सकियो हाम्रो घर जाने योजना बन्यो अामा पनि सॅगै हुनुहुन्थ्यो । अछामबाट कालीकोटतिर लाग्यौं । हिमालको बाटाे हिमपातले ढपक्क ढाकेका हिमश्रृखलाहरु पार गर्दै कालीकोटको रुप्सा  पुगिन्थ्यो अछामबाट तिन दिन लगाएर घरमा बेलुका अबेर पुगियो ।

घर पुगेर भान्सा कोठामा के छिरेको थिए हजुर आमाले एक्कासी अंगालो मारेर धरधरी रुन थाल्नु भयो । दाई कता हराईस भन्दै लगातार रोईरहनुभयो । मेरो मन थामिन हम्मे-हम्मे भयो । हजुर आमाको रुवाईमा परिवारका सम्पूर्ण सदस्यहरु रुवाई जोड्न थाले । एक पटक घरमा कोलाहल भयो । घरनै थर्कियो। तर ममि एक्लै रुनुहुन्थ्यो त थाहा छैन । त्यहा कत्ति रुनु भएन । सबैलाई सम्झाएर परिस्थितिलाई अामाले नियन्त्रणमा लिनुभयो ।

अामाले सहजतामा लिएको समय छोप्दै मनलाई गाठो पारेर मैले पनि सम्झाउने कोशिस गरे। उत्साह र उमंगमा आउने गहकिला बाणीहरु पिडाको छट्पटाहटमा हराउँदा रहेछन। जितेको लडाईंमा निक्लिएका हौसलाहरु प्राजयहरुमा निराशा र भाबुकताले थिच्दो रहेछ । 

यिनै अनुभूतिहरुकाबिच जनमुक्ति सेनाको नेतृत्व, देशकै लागी चाहिने ब्यक्तित्व र हाम्रो घरको पनि नेतृत्व तथा हामी सबैको अभिभावक गुमाउँदा औधि पिडाले मनमुटु कुडिरह्यो। 

चन्द्रमा नउघ्रिएको रात र सुर्य न उदाएको दिन जस्तो हाम्रो घरको परिस्थिति बन्यो। घरको साचोले दिएको नासोहरुलाई संस्थागत गर्न निकै प्रयासहरु चालिरहेको छु तर अपेक्षाकृत परिणाम पाउन सकिरहेको छैन। केबल उहाँको अभाब घरको आगनमा होईन हरेक राजनीतिक मान सम्मानमा झेलिरहेको छु। 

दाई गुमाउदा पश्ताप नभएको मन यो घृर्णित राजनीतिक मौसममा सार्है उहाँको अभाव खट्किएको देख्छु। नाताबाद कृपाबादको भुमरीमा झन बढी महसुस गरिरहेको हुन्छु। तर आशाबादले बलिदानलाई पश्ताबमा होईन गर्व गर्न उत्प्रेरित गर्दछ त्यही सच्चाईलाई सिरोपण गर्दै रगतको मुल्यमा ह्रास कहिल्यै हुने छैन।

बलिदान क्रान्तिको उर्जा हो भनेर मृत्युलाई जिताएर युद्धमा बलिदानको बाटोमा लाग्न सरिक गर्ने हालका माननियहरुले बिशेषतः शहीदले देखाएको बाटोलाई अबमुल्यन कहिल्यै नगरुन। 

शहीद कि पत्नीको आँखामा बर्सिएको आँसु पुछ्न नसकेपनि शहीदका बा आमाको दिर्घ रोगको उपचार गर्न नसके पनि शहीदका छोरा छोरीलाई उचित शैक्षिक बाटोमा डोर्याउन नसके पनि र शहीद परिवारको पिडा ब्याथा साट्न नसके पनि देशको चिन्ता र चिन्तनमा समय खर्चियोस। 

राजनीतिक नाताबादको फोहोरी खेलले दाईको स्मरण नगराहोस बरु उहाँले लिएको लक्ष्य आदर्श र अपुरा सपनाले सधै सम्झाई राखोस र त्यहि बाटोमा तल्लिन भईराख्न उर्जा प्राप्त होस। 

बाॅचेको भए नेताको भाई भनेर अगाडि पछाडि लाग्नेको हुललाई सान्त्वना दिन न सकि आरोप खेपिरहनु पर्दो हो यति हो शहीदको भाई भनेर न आरोप खाईएको छ न सम्मान र मुल्यांकन पाईएको छ यसैमा सन्तुष्टि छ। 

बेला बखत तपाईले बगाएको रगत त्यसै खेर जाने होईन भनेर मन पिरोलिरहन्छ क्रान्तिको लागी गरिएको बलिदान खेर नगई एकदिन मुल्यांकन र सम्मानको दिन फिरोश यसै आशामा बाँकी जिबन समर्पित गर्ने प्रण गर्दछु ।

,

प्रतिकृया दिनुहोस्

Loading...