अमेरीकी भेनस र स्पेनी मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा भिड्दै
काठमाडौं ।
अमेरीकी खेलाडी भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेका छन् । विहीबार भएको सेमिफाइनल खेलमा ब्रिटिश खेलाडी योहाना कोन्टालाई हराँउदै भेनस फाइनलमा पुगेकी हुन् ।
कोन्टा विरुद्धको खेल भेनसले ६-४ र ६-२ को सोझो सेटमा जितिन् । पाँच पटककी विम्बल्डन च्याम्पियन भेनस समग्र करियरमा भने नवौं ग्रान्डस्लाम उपाधिको खोजीमा छिन् ।
भेनस विलियम्सले अब उपाधिको लागि स्पेनकी गार्बिने मुगुरुजासँग खेल्नेछीन् । सेमीफाईनलमा स्लोभाकियाकी माग्दालिना रिबारीकोभालाई हराँउदै मुगुरुजा फाईनलमा पुगेकी हुन् । रिबारीकोभा विरुद्धको खेल मुगुरुजाले ६-१ र ६-१ को सोझो सेटमा जितिन् ।
विम्बल्डन टेनिसको पुरुष एकलतर्फका सेमिफाईनल खेलहरु आज हुनेछन् । शुक्रबार स्विस खेलाडी रोजर फेडेररले चेक गणतन्त्रका टामस बर्डीचसँग खेल्दा क्रोएसियाका मारिन सिलिच र अमेरिकाका साम क्वेरे भिड्नेछन् ।
प्रतिकृया दिनुहोस्
Loading...